जेनेभा- लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २० यात्रुको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसिआर)ले मङ्गलबार दिएको जानकारीअनुसार कम्तीमा ६० आप्रवासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने २० जनाको मृत्यु भएको छ।
दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट युरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए।
युएनएचसिआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्विटरमार्फत जानकारी गराएका हुन्। यस विषयमा विस्तृत विवरण आउन बाँकी छ।
चार्लीले भने, 'ठूलो क्षति भएको हुनसक्ने सूचनाहरू आएका छन्। यसबारे थप जानकारी पछि गाराइनेछ।' रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।