काठमाडौं- प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गते निर्वाचन हुने भएको छ।
प्रदेशसभा बैठकअघि बसेको सर्वदलीय बैठकले २७ गतेको बैठकबाट सभामुख चयन गर्ने सहमति गरेको हो।
सभामुख निर्वाचनको भोलिपल्ट उपसभामुख चयन हुने ज्येष्ठ सदस्यको हैसियतले सभामुखको भूमिका निर्वाह गरिरहेका डोरमणि पौडेलले बताए। ३ नम्बर प्रदेशमा एमालेको एकल बहुमत छ।
वाम गठबन्धनमा भएको सहमति अनुसार ३ नम्बर प्रदेशको मुख्यमन्त्री र सभामुख दुवै पद एमालेले पाएको छ। उपसभामुख भने माओवादीको भागमा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।