काठमाडौं - विश्व नम्बर एक नोभाक जोकोभिचले रोबर्टो कार्बालेसलाई हराउँदै युएस ओपनको दोस्रो चरणमा स्थान बनाएका छन्।
तीन पटकका विजेता जोकोभिचले ६-४, ६-१ र ६-४ मा जित्दै दोस्रो चरण पक्का गरेका हुन्।
उनले दोस्रो चरणमा जुवान लोन्डेरोसँग खेल्नेछन्।
यस्तै रसियाका डानिल मेद्भेदेभले भारतका प्रजनेश गुनेश्वरनलाई ६-४, ६-१ र ६-२ को सेटमा हराएका छन्। डानिले दोस्रो चरणमा बोलिभियाका हुगो डेलियनसँग खेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।