काठमाडौं (एजेन्सी)– भारतमा गत वर्ष भएको युथ–१७ विश्व कप फुटबलको फितलो आयोजनाको पोल खुलेको छ। विश्व कप प्रतियोगिताका निर्देशक जेभियर केप्पीले यसको पोल खोलेका हुन्।
उनले भारतमा विश्व कप आयोजना दिने निर्णयको पनि विरोध गरेका छन्। उनले भने–‘मैले डे«सिङ रुममा मुसा हिडेको देखे।’ उनले फिफाको पाँचौ अन्तर्राष्ट्रिय फुटबल व्यापार सभामा यसको खुलासा गरे।
उनले भने–‘हाम्रो धेरै सामान चोरी भयो। तर, कसैलाई यसको मतलब थिएन्। त्यहाँ न कसैलाई खेलाडीको मतलब थियो।’ उनले एक प्रसंसकको नाताले भारतमा आयोजना भएको युथ–१७ विश्व कपलाई खराब आयोजनाको संज्ञा दिए।
उनले भारतमा ठूलो प्रतियोगिता आयोजना गर्न गाह्रो पर्ने अनुभव सुनाए। उनले अन्तिम मिनेटमा काम हुने कारण समस्या बढी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।