नयाँ दिल्ली- भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई जमानतमा रिहा गर्न भारतीय अदालतले अस्विकार गरेको छ। भ्रष्टाचारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका चिदम्बरमलाई सोमबार रिहा गर्न अदालतले अस्वीकार गरेको हो।
यससँगै हिरासतबाट मुक्त हुन चिदम्बरमले गरेको प्रयास असफल भएको छ। केन्द्रीय अनुसन्धान विभाग (सिआइबी)ले सोधपुछका लागि भन्दै केही दिन अगाडि उनलाई पक्राउ गरेको थियो।
उनलाई अघिल्लो हप्ता ५ दिनका लागि थुनामा राखेर अनुसन्धान गर्ने आदेश अदालतले दिएको थियो।
उनी भारतीय कांग्रेसको नेतृत्वको सरकारमा भारतको गृहमन्त्री बनेका थिए। सञ्चार सेवासम्बन्धी एउटा परियोजनामा अनियमितता गरेको आरोप उनीमाथि लगाइएको छ।
उनी भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता र बहालवाला सांसद पनि हुन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।