बियारिज(फ्रान्स)- भारतीय सरकारले काश्मीर तनाव नियन्त्रणभित्र रहेको महसुस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन्।
काश्मीर तनावबारे भारत र पाकिस्तानसँग मध्यस्थता गर्नु आवश्यकता नरहने आफूले महसुस गरेको राष्ट्रपति ट्रम्पले फ्रान्सको वियारिजमा भइरहेको जी-७ सम्मेलनका अवसरमा बताएका हुन्। यसै महिनाको सुरूमा राष्ट्रपति ट्रम्पले आवश्यक परे काश्मीर विषयमा अमेरिकाले मध्यस्थता गर्ने बताएका थिए।
तर, फ्रान्समा भारतीय प्रधानमन्त्री मोदीसँगको भेटपछि उनले भने, 'काश्मीर समस्या विल्कुल भारतको नियन्त्रणमा रहेको प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गर्नुभयो।'
भारतीय जनता पार्टीको नेतृत्वमा सरकार गठन भएपछि भारत प्रशासित काश्मीरको विशेष अधिकारलाई खारेज गरी अगस्ट ५ केन्द्र सरकारको मातहतमा राखेको थियो। उक्त घटनाप्रति पाकिस्तानले विरोध जनाउँदै आएको छ।
ट्रम्पले प्रधानमन्त्री मोदीसँग काश्मीर सम्बन्धमा आइतबार लामो कुराकानी गरेको बताए। प्रधानमन्त्री मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग फोनमार्फत कुरा गरेपछि काश्मीरमा भयावह अवस्था रहेको भन्दै मध्यस्थताका लागि आग्रह गरेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।