नयाँ दिल्ली- भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई दिइएको विषेश सुरक्षा व्यवस्था सरकारले फिर्ता लिएको छ।
'विशेष सुरक्षा बल' (एसपिजी)का रुपमा खटिएका सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाइएको सरकारी अधिकारीले सोमबार जनाएका छन्।
भारतमा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र उनका परिवारका सदस्यहरूलाई विशेष सुरक्षा बल खटाउने गरिएको छ।
उनलाई अब दोस्रो उच्चस्तरको सुरक्षा व्यवस्था मानिने 'जेड प्लस' सुरक्षा सेवा प्रदान गरिने भएको छ। अहिलेसम्म उनलाई दिइँदै आएको सुरक्षा सेवामा पुनर्विचार गरिएको सरकारी अधिकारीको भनाइ छ। यसलाई सुरक्षा निकायहरुले व्यवसायिक दृष्टिकोणबाट लिनुपर्ने बताएका छन्।
सिंहले प्रधानमन्त्रीको दुई कार्यकाल पूरा गरेर सन् २०१४ मा बिदा लिएका थिए। वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी त्यसपछि प्रधानमन्त्री बनेका हुन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।