म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले १५ अंकको अग्रता लिएको छ। बुधबार भएको खेलमा वेस्ट ब्रुमलाई ३–० गोलले पराजित गरेसँगै सिटीले अग्रता बढाएको हो। बुधबार नै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड टोटनह्यामसँग २–० गोलले पराजित भएको फाइदा सिटीलाई पुग्यो।
सिटीको जितमा फर्डिनान्डोले १९, केभिन डे ब्रुइनले ६८ र सर्जियो अग्युरोले ८९ मिनेटमा गोल गरेका थिए।
लिगका अन्य खेलमा चेल्सी पराजित भयो। चेल्सीलाई वर्नमाउथले ३–० ले हरायो। इभर्टनले लेस्टरलाई २–१ ले हराउँदा न्युकासल र वर्नलीले १–१, साउथह्याम्टन तथा ब्रिङ्टनले पनि १–१ तथा स्टोक र वाटफोर्ड गोलरहित बराबरी खेले।
लिगमा २५ चरणको खेल सकिदा शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६८ अंक छ। दोस्रो स्थानका म्यानचेस्टर युनाइटेडको ५३, तेस्रो स्थानको लिभरपुलको ५०, चौथो स्थानको चेल्सीको पनि ५० र पाँचौ स्थानको टोटनह्यामको ४८ अंक छ। छैटौं स्थानको आर्सनलको ४२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।