म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको छ। टोटनह्यामको जितमा क्रिस्टियन इरिक्सेनले सुरुवाती अग्रता दिलाएका थिए। यस्तै म्यानचेस्टरका फिल जोन्सले आत्मघाती गोल गरेका थिए।
इरिक्सेनले ११ सकेन्डमै गोल गरेर टोटनह्यामलाई अग्रता दिलाए। उनले डिबक्सको सेन्टरबाट देब्रे खुट्टा बललाई गोल पोस्टको दिशा दिए। यो प्रिमियर लिगको तेस्रो छिटो गोल हो।
२८ मिनेटमा जोन्सले आफ्नै पोस्टमा गोल गरेपछि टोटनह्यामलाई फाइदा पुग्यो।
जितपछि टोटनह्याम २५ खेलबाट ४८ अंक जोड्दै पाँचौ स्थानमा यथावत छ। दोस्रो स्थानको युनाइटेडको समान खेलबाट ५३ र शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६८ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।