युएई (एजेन्सी)– संयुक्त अरब इमिरेट्स (युएई) मा भएको अल स्टार्स टि–२० लिगमा एउटा खेलाडीको गतिविधि संदिग्ध पाएपछि अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसिसी) ले छानवीन सुरु गरेको छ।
खेल जनवरी २४ मा शारजाह वारियर्स र दुबई स्टारबीच भएको थियो। जसमा १ सय ३७ रनलाई पछ्याउने क्रममा दुबईका खेलाडीले एकपछि अर्को गर्दै आफ्नो विकेट गुमाएका थिए। यस क्रममा एक खेलाडी यसरी रन आउट भएका थिए, त्यो हेर्दा फिक्सिङको सम्भावनालाई बल पुगेको थियो।
यस्तै केही व्याट्सम्यानले खराब बलमा पनि विकेट गुमाएका थिए। टिम पुरै ४६ रनमा खुम्चिएको थियो। यस दौरान ५ जना स्टम्पिङ र ३ खेलाडी रन आउट भएका थिए।
खेल मिलमतोमा खेलिएको भन्दै तुरुन्त रद्ध गरिएको थियो र प्रतियोगितामै रोक लागेको थियो। प्रतियोगितामा विदेशी खेलाडी पनि समावेश थिए। प्रतियोगिताका लागि युएई क्रिकेट बोर्डसँग पनि सम्बन्ध नलिइएको बताइएको छ।
खेलको भिडियो भाइरल भएपछि आइसिसीले मान्यता नदिए पनि एन्टी करप्सन युनिटका कार्यकारी व्यवस्थापक एलेक्स मार्शलको रेखदेखमा कमिटी बनेको छ। खेलको भिडियो फुटेज हेरेपछि इंग्ल्यान्डका पूर्व कप्तान माइकल भोनले ‘अपत्यारिलो’ भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।