मुम्बई– मुम्बईको एक स्कुले क्रिकेटरले सबै रेकर्डलाई भंग गर्दै नयाँ कीर्तिमान कायम गरेको छन्। युवा क्रिकेटर तनिष्क गवतेले एक इनिङ्समा एक हजार ४५ रन बनाएका छन्। भारतको एक विद्यालयस्तरीय अन्डर १४ न्यु मुम्बई शिल्ड आमन्त्रण क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा तनिष्कले सो रन जोडेका हुन्। कुनै आधिकारिक प्रतियोगिता नभएको कारण तनिष्कले बनाएको रन वल्र्ड रेकर्डमा दर्ता हुन पाएन।
१३ बर्षका क्रिकेटर तनिष्कको इनिङ्सले केही बर्ष अगाडी प्रणव धनावडेको इनिङ्सलाई सम्झिन बाध्य बनायो। दुई बर्ष अगाडी धनावडेले अन्तर विद्यालय प्रतियोगिता भण्डारी कपमा १ हजार ९ रन बनाएका थिए। त्यत्ति बेला धनवाडेले विद्यालय क्रिकेटमा सबै भन्दा बढी रन बनाउने विश्व कीर्तिमान बनाएका थिए।
तनिष्कले मुम्बईको कोपरखैरानेस्थित यशवंतराव चाव्हाण इङ्लिस स्कुलको तर्फबाट खेल्दै दुई दिवसीय म्याचमा सो कीर्तिमानी स्कोर बनाएका हुन्। तनिष्कले आफ्नो इनिङ्समा ५ सय १५ बलको सामना गर्दै ६७ छक्का र १ सय ४९ चौका प्रहार गरेका थिए। तनिष्कले सोमबार र मंगलबार दुई दिनमा सो स्कोर खडा गरेका हुन्। पहिलो दिन उनले ४ सय १० रन बनाएका थिए। तानिष्ककोइनिङ्सको मदतले उनको टिमले १३ सय २४ रन बनाएको थियो। जसमा तानिष्कको एक हजार ४५ रन समावेश थियो। तनिष्क आठ कक्षामा पढ्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।