काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमले बुधबारदेखि नयाँ डिजाइको जर्सी लगाएको छ। नेपालले बुधबार भएको यूएई 'ए' विरुद्धको अभ्यास खेलमा नयाँ जर्सी लगाएको हो।
नयाँ जर्सीमा मुख्य भाग रातो रंगको छ भने किनारको भाग हल्का निलो छ। नेपाली टिमले एक वर्षपछि जर्सी परिवर्तन गरेको हो। यो जर्सी नामिबियामा हुने आइसिसी विश्वक्रिकेट लिग डिभिजन–२ का लागि डिजाइन गरिएको हो।
पछिल्लो केहि वर्षदेखि नेपाली टिमको जर्सी भारतिय कम्पनी टी–१० ले गर्दै आएको छ। नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि नेपालको जर्सी लगायतको व्यवस्थापन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले हेर्दै आएको छ। नेपाली टिमका लागि एक पटकका लागि जर्सी, स्विटर लगायतको किट्सका लागि ४ लाख रुपैयाँ खर्च हुने गरेको छ।
नयाँ जर्सीमा नेपाली टिम (तस्बिर : रमन सिवाकोटी)



पुरानो जर्सी :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।