काठमाडौं - चोटका कारण इंग्ल्याण्डसँगको तेस्रो टेस्ट गुमाएका अस्ट्रेलियन ब्याट्सम्यान स्टेभेन स्मिथले चौथो टेस्टमा मैदान फर्कन प्रयास गरिरहेका छन्। स्मिथ अहिले नेट अभ्यासमा लागिरहेका छन्।
दोस्रो टेस्टको चौथो दिन इंग्ल्याण्डका जोर्फा आर्चरको ९२ माइल प्रतिघण्टाको गतिमा आएको बल स्मिथको घाँटीमा लाग्दा उनी घाइते भएका थिए। त्यसले अहिले चलिरहेको तेस्रो टेस्टमा उनी मैदानबाहिर छन्।
चौथो टेस्ट सेप्टेम्बर ४ देखि सुरु हुँदैछ। सिरिजको यसअघिका तीन इनिङमा स्मिथले १४२, १४४ र ९२ रन बनाएका थिए।
अस्ट्रेलियन टिमका प्रवक्ताले पनि स्मिथ चौथो टेस्टमा फर्कने सम्भावना बलियो रहेको बताएका छन्।
पहिलो टेस्ट अस्ट्रेलियाले २५१ रनले जितेको थियो। दोस्रो टेस्ट भने बराबरी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।