• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

के दोस्रो ‘छायादेवी कम्प्लेक्स’ बन्दैछ असनको धार्मिक विहार?

गुठी संस्थानकै मिलेमतोमा सम्पदा मास्ने चलखेल
64x64
ऋग्वेद शर्मा आइतबार, भदौ ८, २०७६  १७:२०
1140x725

काठमाडौं- 'घडी घर' भनेर चिनिने असन बजारको ऐतिहासिक ‘कोथुननी धार्मिक विहार’ मासेर व्यापारिक कम्प्लेक्स बनाउन चलखेल भइरहेको छ। जसले कोथुननी अर्को 'छायादेवी कम्प्लेक्स' बन्ने खतरा देखिएको भन्दै सम्पदाप्रेमीहरु विरोधमा छन्।

ठूला झिल्के भवन समृद्धिको पहिचान ठान्ने माफियाको जालो अहिले सम्पदातिर पनि सल्किरहेको छ। कोथुननी धार्मिक विहार मासेर व्यापारिक कम्प्लेक्स बनाउन मिलेमतोमा जे भइरहेको छ, त्यसले माफियाको जालो महानगरपालिकादेखि गुठी संस्थानसम्म फैलिएको देखिन्छ।

ठमेलस्थित भगवान बहालको पूर्वतर्फ रहेको कमलपोखरी मासेर छायादेवी कम्प्लेक्स बनाउने काम विरोधका बाबजुद पनि रोकिन नसकेको यथार्थ देखिएकाले कोथुननी धार्मिक विहारमा त्यस्तै हुने डर स्थानीयमा देखिन्छ। पोखरी सम्पदा हो भन्ने जान्दाजान्दै त्यसलाई मासेर कम्प्लेक्स बनाउनेहरुले विहार नमास्लान् भन्न पनि सकिँदैन।

पुस्तौँदेखि भोगचलन र संरक्षण गर्दै आएको स्थानीय बज्राचार्य परिवारसँग करार सम्झौता छाडेर गुठी संस्थानले ‘बज्रयोगिनी सामान्य बहुउद्देश्यीय’ नामको कम्पनीसँग सम्झौता गरेको छ।

त्यसमा व्यापारिक कम्प्लेक्स बनाउने र २५ वर्ष भाडामा चलाउन दिने गरी सम्झौता भएपछि स्थानीयहरु सम्पदा बचाउ अभियानमा लागिरहेका हुन्।

लगातार खबरदारी गरिरहेका स्थानीयहरुले आइतबार असनदेखि बाजागाजासहित र्‍याली निकालेर त्रिपुरेश्वर गुठी संस्थानमा सम्पदा बचाउन आग्रह गर्दै ज्ञापनपत्र बुझाए। गुठी संस्थानले सबै बुझेर पनि अबुझ बन्ने काम गरेको र धार्मिक तथा सांस्कृतिक सम्पदा र परम्परालाई नै मार्न खोजेको भन्दै उनीहरुले विरोध गरेका हुन्।

घडी घरसँग सम्बन्धित रहेका १४ परिवारमध्येका एक सजीव बज्राचार्य 'आफूहरुसँगको करार सम्झौता हुँदाहुँदै थाहा नै नदिई गुठी संस्थान समेतको मिलेमतोमा पुरातात्विक, धार्मिक महत्वको सम्पदा बेच्ने काम भएकोले त्यसलाई रोक्न आफूहरु निरन्तर लागिरहेको' बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

पहिलेको अवस्था
नेपालको सांस्कृतिक केन्द्र- असन बजार नुनदेखि सुनसम्म पाउने थलो। जहाँ मल्लकालमा राजाहरुले विकास गरेको सबैभन्दा ठूलो व्यापारिक केन्द्र घडी घर अहिलेको सुपरमार्केट जस्तै ठूलो पसल थियो। नेवार समुदायको स्वामित्व रहेको उक्त घर पछि रणबहादुर शाहले अतिक्रमण गरेर ‘श्री ५ को वायु देवता गुठी’ सञ्चालन गरेको जानकारहरु बताउँछन्।

रणबहादुरकै पालादेखि गुठी चलाउन तालुकदारहरु राखिएका थिए। तालुकदारको काम घरको रेखदेख गर्दै बसिरहेका परिवारसँग भाडा उठाउने हुन्थ्यो। सुसारेहरु त्यहीं नै बस्थे। जसले दरबारमा कोही मरेमा वायु शान्ति गर्न हनुमानढोकामा पूजा लैजान्थे। वायु शान्तिको त्यस्तो प्रचलन त राजा वीरेन्द्रका पालासम्म नै थियो।

घडी घरको भूइँतलामा ५ सय वर्षभन्दा पुरानो अमिताभ बुद्धको मूर्ति रहेको छ। जसको पुरातात्विक महत्वबारे पुरातत्व विभागले अनुसन्धान नै गरिसकेको छ। यसैले पनि यो घर सम्पदास्थल हो भन्ने देखिन्छ। जसलाई 'अशोक वृक्ष विहार कोथुननी'को रुपमा आराधना गर्ने कामले त्यसको धार्मिक महत्वका साथै अमूर्त सम्पदासमेत देखिन्छ। त्यही स्थानमा नेवारहरुले पन्चदानको अघिल्लो दिन पूजा होम गरी भोज खाने निजी गुठी अहिलेसम्म छ।

Xtrem

Xtrem

आठ आना तीन दाम क्षेत्रफलमा फैलिएको घडी घरमा अहिले १३ वटा पसल छन्। सयौँ वर्षदेखि बस्दै आएका उनीहरुले नै अहिलेसम्म सबै रेखदेख गर्छन्। तर, अहिले भने यसको धार्मिक तथा पुरातात्विक महत्वसमेत मासेर संरक्षणको जिम्मेवारी पाएको गुठी संस्थान नै व्यापारिक प्रयोजनका लागि बिक्री गर्न उद्दत्त देखिएको छ।

२०७२ सालको भूकम्पपछि जीर्ण बनेको घडी घरको पुनर्निर्माण गर्ने भन्दै व्यापारिक कम्प्लेक्स बनाउन गुठी संस्थानले महानगरपालिकासमेतलाई मिलाएर चालेको कदम धर्म र सम्पदा मास्ने षडयन्त्र भएको असन कोथुननी बचाऊ अभियानका संयोजक नमस्ते सायमी बताउँछन्।

सजीव बज्राचार्यको मत पनि सायमीको विचारसँग मिल्छ। आफ्नो ६ पुस्तादेखि नै यही घरमा बसेर संरक्षण गर्दै आएको उनले बताए। ‘धर्म लोप नहोस्, गुठी सञ्चालन भइरहोस् भनेर हामीले गुठी संस्थानमा बहाल बुझाउँदै आइरहेका छौँ। यसमा बाबुबाजेदेखि चलिरहेको रीतिस्थिति हामीसम्म पनि कायमै छ। तर, विरोध गरेकै यति लामो समय बितिसक्दा पनि कुनै निर्क्योल निस्केको छैन,’ उनले भने।

पहिले गुठी चलाउन रेशम विक्रम शाह, चित्र विक्रम शाह, लीला विक्रम शाह, यक्ष विक्रम शाह तालुकदार थिए। घरमा बस्नेसँग बहाल उठाएर दरबारमा मरेका मान्छेहरुको वायु शान्तिका लागि हनुमान ढोकामा पूजा लैजान उनीहरुकै नेतृत्वमा काम हुन्थ्यो। गुठी संस्थानमा तालुकदार खारेज भएपछि घरको जिम्मा लिएकाहरुले नै निरन्तर गुठी संस्थानमा बहाल बुझाउँदै आइरहेका छन्।

अहिले के भइरहेको छ ? 
‘श्री ५ को वायु देवता गुठी’ सञ्चालन भएपछि पनि काठमाडौं महानगरपालिका-२५ को कित्ता नम्बर १७६७ को ०–८–०–३ क्षेत्रफल रहेको जग्गामा अवस्थित घडी घरमा अहिलेसम्म रहेका १४ परिवारका पुर्खाहरुले भू-बहाल तिरेर नै बस्दै आएका थिए। जहाँ त्यही घरमा जन्मिएका सन्तानहरु अहिले घडी घर बचाउन रातदिन लागिरहेका छन्।

‘बहाल तिरी घरमा बसिआएको देखिने व्यक्तिहरुको नाम कैफियत महलमा जनाई जग्गाधनी महलमा गुठी संस्थानअन्तर्गत श्री ५ को वायु देवता गुठीको घरजग्गा भनि लेखाउन सम्बन्धित नापी शाखामा अनुरोध गर्ने’ भन्ने गुठी संस्थानको २०३५ सालको निर्णय बमोजिम नापीले गरेको कित्ताकाटमा घरमा रहेका पसलहरु सानो-सानो कित्तामा बाँडिएकाले नापीको असहजता हुँदा ‘फिल्ड बुक’ बनाएको देखिन्छ। जहाँ सन्तान दरसन्तानले बहाल बुझाएसम्म बस्न पाउने गरी भोगचलन गरिआएको भन्ने उल्लेख छ।

त्यसबेला नै एउटै कित्ताको उत्तरपश्चिम खण्डमा समान अवस्थामा रहेका एक जनालाई भने मोहियानी हक दिएको पाइन्छ। घडी घरका १४ परिवारलाई भने राज गुठीको जग्गामा मोहियानी हक नलाग्ने निर्णय सुनाइएको थियो। त्यसमा सर्वोच्च अदालतले पनि 'राजगुठीको जग्गामा मोहियानी हक लाग्ने ठहर हुँदैन' भनेर अन्तिम फैसला गरेको छ।

१९९० सालको भूकम्पमा घर पूर्णरुपमा क्षति हुँदा गुठीका तालुकदार समक्ष १४ परिवारले पुनर्निर्माणका लागि श्री ५ को वायु देवता गुठीका तालकुदारसँग कुरा गर्दा ‘तपाईंहरुकै सन्तानको भोगचलन रहने भएकाले पुनर्निर्माण जिम्मेवारी पनि तपाईंहरुकै हो’ भन्ने जवाफपछि आफ्ना पूर्खाले १९९३ सालमा जगदेखि नै पुनर्निर्माण गरेको सजिव बताउँछन्।

आफ्नै पूर्खाले आर्जेको थलोमा बस्दा पनि वर्षको ५० रुपैयाँदेखि बहाल तिर्न थालेका आफूहरुले अहिले वर्षको ७ लाख ८० हजार रुपैयाँ गुठीलाई बुझाउने गरेको सजीवले जानकारी दिए।

अहिले भने तालुकदारले नै जग्गाधनी प्रमाण पुर्जामा साविक जग्गाधनी ‘श्री गुठी संस्थान’को नाम हटाएर ‘श्री ५ को वायु देवता गुठी’ मात्र उल्लेख भएको श्रेस्ता बनाएर विभिन्न निकायमा पेस गर्दै काम अगाडि बढाएको देखिन्छ। यसरी दर्ता श्रेस्ता नै कीर्ते गरी लागिपर्ने माफियाहरुलाई गुठी संस्थानले समेत नदेखेजस्तो गरिरहेको छ।

सम्पदा र संस्कृतिको बेवास्ता गर्दै २०७४ साल भदौमा बज्रयोगिनीका राजेन्द्र बहादुर गोर्खाली (राजु गोर्खाली)सँग गुठी संस्थानले सम्झौता गरेको छ। जसअनुसार त्यहाँ व्यापारिक कम्प्लेक्स बनाएर २५ वर्षका लागि भाडामा दिने उल्लेख छ। त्यसमा पनि ३० वर्षको सम्झौतामा तीन वर्ष निर्माण समय र दुई वर्ष सम्झौता गर्न सहयोग गर्ने तालुकदारले भाडा खाने सहमति भएको स्रोत बताउँछ। जसमा असनको केन्द्रमा रहेको भवनबाट गुठी संस्थानलाई वर्षको ८ लाख ४० हजार रुपैयाँ भाडा तिर्ने सम्झौता छ।

बज्रयोगिनीसँगको उक्त सम्झौतामा कानुनी अधिकार नै नभएका गुठी हेर्ने तालुकदारसहित भएको देखिन्छ। जसमा घरको बहाल तिर्दै रेखदेख गरिआएकालाई कुनै जानकारी नै गराइएको छैन।

जबकी बहाल वृद्धि हुने समयअगावै २०७५ माघमा आफूहरु गुठी संस्थानमा गएर आफ्नो धर्म परम्परासँग जोडिएको घर भएकाले आफैं पुनर्निर्माण गर्छौं भन्दा समय भएको छैन भनेर फिर्ता पठाएको सजीवको भनाइ छ। त्यसपछि बारम्बार ताकेता गर्दा पनि गुठी संस्थानले बेवास्ता गरेको उनी बताउँछन्।

बेवास्तामा प्रमुख मुद्दा
व्यापारिक प्रयोजनका लागि अर्को पक्षसँग सम्झौता गर्ने र कुनै जानकारी नदिने भएपछि घरमा बसिआएकाहरुले काठमाडौं जिल्ला अदालतमा 'करारको पालना होस्' भनेर फिरादपत्र दिएका थिए। मुद्दा अदालतमा रहे पनि तीन दिनभित्र घर खाली गर्नु भनेर वडा कार्यालयमार्फत घरमा बसिरहेकालाई सूचनासमेत जारी भयो। अदालतमा समेत तारेख पाँच पटकभन्दा बढी सरिसकेको छ।

राज गुठीअन्तर्गतको छुट गुठीको जग्गालाई ‘रैकर’ भनेर उल्लेख गर्ने, खारेज भइसकेको तालुकदारमार्फत फर्जी लालपूर्जामा नक्सा पास गर्ने कामसमेत भएको प्रमाणहरु देखिएका छन्। जसमा महानगरपालिकाको समेत चलखेल देखिन्छ। सक्कली लालपूर्जामा ‘श्री गुठी संस्थान श्री ५ को वायु देवता गुठी असन’ उल्लेख भएकोमा फर्जी लालपूर्जामा ‘श्री ५ को वायु देवता’ मात्रै उल्लेख भएको देखिन्छ।

'गुठी संस्थान ऐन, २०३३' को दफा १९ मा 'सबै छुट गुठी राजगुठीमा परिणत भई त्यस्तो छुट गुठीको चलअचल जायजेथा, देवमूर्ति सबैमा छुट गुठीको भइराखेको सबै अधिकार गुठी संस्थानमा सर्नेछ र त्यस्ता छुट गुठीका गुठियार खान्गीदारको सबै अधिकार समाप्त हुनेछ' भन्ने व्याख्या रहे पनि तालुकदारमार्फत चलखेल हुनु घडी घरको लुकेको पक्ष हो। तीनै सरोकार नभएका तालुकदारले घर भत्काएर नयाँ घर निर्माणका लागि काठमाडौं महानगरपालिकामार्फत नक्सा पासको कामसमेत गर्नु ऐनविपरीत देखिन्छ।

घरमा बसिरहेका १४ परिवारले भू-बहाल तिरेर भोगचलन गर्न पाउने, बहाल रकम प्रत्येक ५ वर्षमा पुनरावलोकन हुने, घरको मर्मतसम्भारको दायित्व तथा जिम्मेवारीमा भोगचलन गर्नेहरुलाई प्राथमिकतामा राख्नुपर्नेजस्ता सर्तसहित २०७० फागुन ८ गते संस्थानसँग भएको सम्झौताको समेत अहिले बेवास्ता गरिएको छ।

त्यसअघि नै २०६२ जेठमा गुठी संस्थानलाई समेत जानकारी नदिई खारेज भइसकेका तालुकदार र बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्रालिबीच भाडामा लिने-दिने सम्झौता भएको देखिन्छ। त्यस्तो सम्झौता गर्नेलाई कारबाहीको दायरामा ल्याउनुको साटो गुठी संस्थानसमेत त्यसैमा मिसिएर पछिल्लो समय त्रिपक्षीय सम्झौता हुनु दुखःद छ।

२०६२ फागुनमा नै तालकुदारले काठमाडौं महानगरपालिकाबाट छुट गुठीको जग्गालाई रैकर भनी कीर्ते लालपूर्जा पेश गरेर अस्थायी भवन निर्माण इजाजतपत्र लिएको देखिन्छ। त्यसैका विरुद्ध पनि घरमा बसिआएका १४ परिवारले भवन निर्माण स्वीकृति खारेज गर्न भन्दै मुद्दा दर्ता गरेका थिए। जसमा काठमाडौं जिल्ला अदालतको फैसलाले अधिकार नै नभएको तालुकदारलाई महानगरपालिकाले दिएको भवन निर्माण इजाजत खारेज गरिदिएको थियो।

तर, त्यसेबला पुनरावेदन अदालत ललितपुरले सन्तान/दरसन्तान बहाल तिरेसम्म बस्न पाउने भनिएको १४ परिवारको हैसियत बहालमा बस्ने मात्रै रहेकाले मुद्दा दर्ता प्रक्रिया नै गलत भएको भन्दै नक्सा पास बदर नहुने निर्णय गरिदिएको थियो। त्यसमा २०७४ फागुनमा सर्वोच्च अदालतले पनि गुठी संस्थानले कुनै आपत्ति नजनाएकोले नक्सापास बदर गर्नु नपर्ने निर्णय गरेको थियो।

यसरी नै फर्जी विवरणका आधारमा भएको नक्सा पाससमेत खारेज हुन सकेको छैन।

पछिल्लो त्रिपक्षीय सम्झौता हुँदा सर्वोच्चमा विचाराधीन मुद्दाको फैसलासमेत भएको थिएन। २०७४ भदौमा त्रिपक्षीय सम्झौता हुँदा सर्वोच्चबाट फैसला भइसकेको भनिए पनि सर्वोच्चको फैसला २०७४ फागुनमा मात्र भएको देखिन्छ। यसले पनि हतारोमा गरिएको सम्झौतामा गुठी संस्थानको गलत नियत रहेको स्पष्ट हुन्छ।

सर्वोच्च अदालतबाट नै २०६९ असोज ११ मा गुठी तैनाथी जग्गा भाडामा नदिनु भन्ने आदेश भएको देखिन्छ। यस्तै २०७३ फागुन २ गते गुठी अधिनस्थ जग्गा पनि भाडामा नदिनु भन्ने आदेश भएको छ। यिनै नजिरले पनि असनको धार्मिक विहार मासेर कम्प्लेक्स बनाउनु कानुनसम्मत देखिँदैन।

यसमा पनि विशेषतः पुरातत्वसँग जोडिएको ऐतिहासिक घर र नेवार समुदायको आस्था र संस्कारलाई बेवास्ता गर्नु सैह्य नहुने स्थानीयको भनाइ छ। जस्तोसुकै परिस्थितिमा पनि आफूहरुको आस्थाको धरोहर मासिन नदिने भन्दै उनीहरु निरन्तर खबरदारीमा छन्।

किर्ते गरिएका केही कागजातहरुः

छुट गुठीलाई रैकर गुठी बनाइएको।
नापीको फिल्डबुक।
श्री ५ को वायुदेवता गुठी बनाइएको नक्कली लालपूर्जा।
‘श्री गुठी संस्थान श्री ५ को वायु देवता गुठी असन’ लेखिएको सक्कली लालपूर्जा।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : अझै भेटिएनन् बेपत्ता भएका ४७ सयभन्दा बढी नागरिक बिहीबार, असोज १५, २०८३
दुई वटा संसदीय समितिको बैठक बस्दै बिहीबार, असोज १५, २०८३
हेलिकप्टरको खर्च १५ अर्ब होइन, १४–१५ करोड मात्र हो : गृहमन्त्री गुरुङ बिहीबार, असोज १५, २०८३
पाइलटमाथि चक्कु प्रहारपछि विमान दुर्घटना गराउने प्रयास, १७४ यात्रु जोगिए बिहीबार, असोज १५, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्