राष्ट्रिय मानवअधिकार आयोगले असार २ गते हुने प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको अनुगमन कार्यमा सहयोग गर्न आग्रह गरेको छ।
शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै आयोगले भनेको छ, ‘आयोगको अनुगमन कार्यमा अवरोध सृजना नगर्न तथा निर्वाध रुपमा सहयोग पुर्याउन आयोग निर्वाचन प्रक्रियासँग सम्बन्धित सबै राजनीतिक दल, निर्वाचन अधिकृत, स्थाननीय प्रशासन, सुरक्षा निकाय एवं आम नागरिकहरु लगायत सबै पक्षलाई विशेष आग्रह गर्दछ।’
उसले तेस्रो चरणको चुनावमा स्थलगत अनुगमन गर्नको लागि आगोगका सदस्य र सचिव सहितको उच्चस्तरीय टोली तथा अधिकृतहरु सम्मिलित ९ वटा टोली अनुगमनमा खटाएको पनि बताएको छ।
संविधानको धारा २४९ अनुसार मानव अधिकारको अवस्था सुनिश्चित गर्नु आयोगको कर्तव्य भएको र निर्वाचनका क्रममा हुन सक्ने मानव अधिकार उल्लंघनका घटनालाई न्यूनीकरण गर्ने सन्दर्भमा आयोगले निर्वाचनको अनुगमन गरिरहेको पनि बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।