• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

एजेन्डा स्थापित गराउन बाध्यताले गीत लेखेँ : भूपाल राई

64x64
नेपाल लाइभ शनिबार, भदौ ७, २०७६  १९:३०
1140x725

काठमाडौं- कवि तथा गीतकार भूपाल राईको नवीनतम कृति 'सेवान्ने जिन्दगी' गीत संग्रह सार्वजनिक भएको छ। राजधानीको मण्डला नाटकघरमा शनिबार आयोजित कार्यक्रममा लेखक/विश्लेषक उज्ज्वल प्रसाई, सिर्जनशील अराजकता अभियानका कवि हाङयुग अज्ञात र कैलाश राईले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे।

कार्यक्रममा आफ्नो धारणा राख्दै प्रसाईले अहिलेको समाजले भोगिरहेको परिवेशमा भूपाल राईका गीत झनै सान्दर्भिक भएको बताउँदै उनका गीतका केही पंक्ति पनि सुनाए। 

गैर-जनजातिमा गढेर बसेको मनोविज्ञानलाई विभिन्न आन्दोलनले नै सही बाटोमा ल्याउने कोसिस गरिरहेको उनको भनाइ थियो। 'मेरो मस्तिष्कमा नश्लीय चेतना होइन नश्लवाद नै हालेर हुर्काइयो। मेरो समाजले आफूभन्दा गैर-समुदाय वा फरक लिंगलाई खास दृष्टिले हेर्ने बनाइदियो,' उनले भने, 'मेरो त्यो अमानवीय चेतनालाई कसैले सही ठाउँमा ल्याउँदैछ भने जनजातीय आन्दोलन वा नारीवादी आन्दोलनले ल्याउँदैछ। त्यस्ता गतिविधिले घचघच्याएर नै मलाई राम्रो मान्छे बनाउँदैछ।' 

राष्ट्रवादले कहिलेकाहीँ अरुलाई हेप्न र आफूलाई अरुभन्दा श्रेष्ठ बनाउन सिकाउने उनको तर्क थियो। 'तर हामी फरक छौं तर बराबर छौं भन्ने चेतना सबैमा हुनुपर्छ,' उनले भने। 

अर्का वक्ता अज्ञातले भने प्रसाईको भनाइप्रति असहमति जनाउँदै राष्ट्रवादभन्दा पनि 'सुपेरियर फिलिङ'का कारण विभेद देखिएको चर्चा गरे। त्यो सुपेरियरलाई उनले हिन्दु दर्शनसँग जोडेका थिए। 'हिन्दु वर्णाश्रमका कारण त्यसखाले मनोविज्ञान जीवित छ। त्यसमा चार तह छन्, जसमा ब्राह्मणले आफूलाई सुपेरियर ठान्छ,' उनले भने, 'जनजातिहरुलाई पनि पञ्चायतकालमा त्यो वर्णाश्रमभित्र राख्ने कोसिस गरियो। तर किरात समुदाय यो वर्णाश्रममा पर्दैन। यसर्थ हामीमा त्यो विभेदको मनोविज्ञान हुँदै हुँदैन।'

उनले ५० को दशकबाट नै भूपाल राईका विचार सुनेर आफू र आफ्नो आन्दोलन दीक्षित भएको समेत बताए। 'उहाँ डिल्लीबजारमा बस्नुहुन्थ्यो। म बारम्बार त्यहाँ गइरहन्थेँ,' उनले भने, 'उहाँको विचारबाट म दीक्षित भएको हुँ। हाम्रो आन्दोलन दीक्षित भएको हो। यो कुरा मैले बोल्नैपर्ने थियो, आज अवसर जुर्‍यो।' 

भूपाल राई र सिर्जनशील अराजकता बेग्लै धारमा रहेको टिप्पणी हुने गरेकोमा पनि उनले प्रस्ट्याउन खोजे। कहिलेकाहीँ सत्तासँग नजिक हुनेहरुले विद्रोही शक्तिलाई अलगअलग राख्न बजारमा यसखाले भ्रम छर्ने गरेको भन्दै अज्ञातले थपे, 'भूपाल राई र हामी सिर्जनशील अराजकहरुमा यो कुरा लागू गर्न खोजिएको हो।'  

नेपाली गीत र कवितामा पहिचान र सांस्कृतिक चेतलाई नयाँ उचाइमा पुर्‍याउन भूपाल राई सक्रिय रुपमा लागिरहेको भन्दै उनले गुरुको रुपमा प्रशंसा गरे।

Ncell 2
Ncell 2
nimb
nimb

अर्की वक्ता कैलाश राई भूपाल राईकै गीतहरु सुनेर आफूमा सांस्कृतिक चेतना जागृत भएको धारणा राखिन्। 'उहाँका गीतमाथि डिस्कोर्सहरु भइरहेका छन्। त्यसले समाजमा आफ्नो योगदान दिइरहेकै छ,' उनले भनिन्, 'जातीय, सांस्कृतिक, ऐतिहासिक चेतनालाई सिर्जनामा लेख्ने भूपाल राईहरु आइरहनुपर्छ। र अबको पुस्ता पनि यसमा गम्भीर हुनैपर्छ।'

अरु गीत बाह्य समाजलाई आफूले आत्मसात गरेर लेखिएझैं लागे पनि राईका गीत आफूभित्रको समाज-संस्कृति अरुलाई सुनाउनका लागि लेखिएझैं लाग्ने उनले बताइन्।

लेखक राजन मुकारुङले  इतिहास लेख्नेहरुले आदिवासी, जनजाति वा किनारमा पारिएका समुदायलाई छुटाएर आफ्नो र आफू वरिपरिकाहरुले मात्रै लेख्ने गरेको विडम्बना सुनाए। कार्यक्रममा स्वागत मन्तव्यका लागि उपस्थित भएका उनले भने, 'जसले भिन्न  प्रवाहबाट नेपाली गीतसंगीत र संस्कृतिलाई सम्बोधन गरिरहेको छ, उनीहरुकै इतिहास छुटाइएको छ। त्यसो भएर नै हामीले आफ्नो इतिहास हामी आफैले लेख्नुपर्छ भन्दै आएका हौं।'

सर्जक भूपाल राईले आफूले बाध्यताले नै गीत लेख्नुपरेको सुनाए। तीसको दशकको मध्यदेखि कविता लेख्दै आए पनि चालीसको दशकको उत्तरार्द्धबाट आफू गीतमा पनि लागेको उनको भनाइ थियो।

Xtrem

Xtrem

'म जुन समुदायका लागि लेख्थेँ। कविता सम्प्रेषित हुँदैन थियो। त्यो समुदायले कविता बुझ्दैन थियो,' उनले भने, 'त्यसो हुँदा मैले आफ्नो हतियारको रुपमा कलम नै प्रयोग गरेँ र उनीहरुलाई बुझाउन बाध्यताले गीत लेखेँ।' यसरी नै आफूले एजेन्डामा रही गीत लेख्दै आएको उनले सुनाए।

समाजलाई तरंगित र आन्दोलित बनाइरहन पनि कवि, कलाकार, गीतकारहरुले गतिविधिहरु गरिरहनु जरुरी भएको उनको भनाइ थियो। 

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
प्रधानसेनापति बेलायत उडे, कामुको जिम्मेवारी केसीलाई सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्