पेरिस– फेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी केलियन एमबाप्पले खेल जीवनकै पहिलो रातो कार्ड पाएका छन्। उनले फ्रेन्च लिग कप अन्तर्गत रेनेस विरुद्धको खेलमा रातो कार्ड पाएका हुन्। उनले खेलको ६३ मिनेटमा रातो कार्ड पाएका हुन्।
रेनेसका इस्माइला सारलाई खराब ट्याकल गरेपछि उनलाई रेफ्रीले सिधा रातो कार्ड देखाएका थिए। मोनाको र पिएसजी गरि ८७ व्यावसायिक खेलमा उनले रातो कार्ड पाएको यो पहिलो घटना हो।
खेलपछि उनले आफुले गल्ति गरेको स्विकार गर्दै राम्रो खेल्न नसकेको बताए।
एमबाप्पेले रातो कार्ड पाउनुअघि ३–० को अग्रता लिएको पिएसजीले पछि २ गोल खाएको थियो।
खेलको इन्जुरी टाइममा नेइमारले विपक्षी खेलाडीलाई हात मिलाएको जस्तो नाटक गर्दै जिस्क्याएका थिए। रेनेसका फुलब्याक हामारी ट्राओरेमाथि बल गरेपछि नेइमारले सुरुमा बल प्रहार गरे। लगत्तै उनलाई पहेलो कार्ड देखाइयो। त्यसपछि उनले लडेका हामारीलाई हात दिए। तर, हामारीले पनि हात दिन खोज्दा नेइमार छिटोछिटो हात माथि उचालेर हिडेका थिए। नेइमारले आफुले मजाक गरेको बताए। उनले विपक्षीले खेल्नु भन्दा पनि आफुलाई आक्रमक बनाउने रणनीति लिएको गुनासो गरे।
खेलमा पिएसजी ३–२ को जित निकाल्दै लिग कपको फाइनलमा प्रवेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।