काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एकदिवसीय टिमको वरियतामा एक स्थान तल झरेको छ। अघिल्लो पटक वरियताको १५ औँ स्थानमा रहेको नेपाल अहिले १६ औँ स्थानमा पुगेको हो।
नेपालको आठ खेलमा १५२ अंकका साथ १९ रेटिङ रहेको छ। नेपालपछि युएई १७ औँ स्थानमा र पपुवा न्यु गिनी १८ औँ स्थानमा रहेका छन्।
वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ। दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रीका रहेका छन् ।
छैठौँ स्थानमा पाकिस्तान, सातौँमा बंगलादेश, आठौँमा श्रीलंका, नवौँमा वेस्ट इन्डिज, १० औँमा अफगानिस्तान, ११ औँमा आयरल्याण्ड, १२ औँमा जिम्बावे, १३ औँमा नेदरल्याण्ड्स, १४ औँमा स्कटल्याण्ड र १५ औँ ओमन रहेका छन्।
टी-ट्वान्टी वरियतामा नेपाल यथावत रहँदै ११ औं स्थानमा नै छ। जसमा नेपालको १४ खेलमा २ हजार ८ सय १८ अंकका साथ २०१ रेटीङ रहेको छ। टी–ट्वान्टी वरियतामा नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड समेत रहेका छन्।
वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका, चौथो स्थानमा स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।