अमेरिका- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समिति विस्तार गरिएको छ।
साहित्यकार भारती गौतमको अध्यक्षतामा गठित महिला समितिको उपाध्यक्षमा भगवती बस्नेत (इजरायल) र डा. पुष्पा शर्मा (भारत) रहेका छन् भने सदस्य सचिवमा विजया सिम्खडा (अमेरिका) र कोषाध्यक्षमा विमला निरौला (अमेरिका) चुनिएका छन्।
यसैगरी सदस्यहरुमा कुन्ती थापा (अमेरिका), सानु घिमिरे (अस्ट्रेलिया), जीवन अर्याल (जापान), मीना शाक्य प्रधान (अमेरिका), पुनम काफ्ले (अमेरिका), लारा (बेलायत), बाबा बस्नेत (नेपाल), र अश्मिता सुमार्गी (नेपाल) रहेका छन्।
समितिले तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यिक सम्मलेनको आयोजना, विश्वभर छरिएर रहेका महिला साहित्यकारको रचना संकलन गरी कृति प्रकाशन गर्ने, नवरत्न नारी पुरस्कार प्रदान गर्ने र महिला साहित्यकारको बायोडाटा प्रकाशन गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।