• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ २४, २०८२ Sat, Feb 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सिजनमा व्यावसायिक फड्को मारेका चार नेपाली खेलाडी 

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०७४  ०५:३९
1140x725

काठमाडौं– यो साता नेपाली खेलकुदका लागि विशेष रह्यो। दुई खेलाडी व्यावसायिक फड्को मार्दै भारतीय क्लबमा आबद्ध हुन सफल भए। नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आइतबार विश्वकै लोकप्रिय तथा महँगो इन्डियन प्रिमियर लिग (आइपिएल) टिममा आबद्ध भए।

त्यसको अघिल्लो दिन राष्ट्रिय टिमका युवा स्ट्राइकर विमल घर्तीमगर भारतको चर्चित क्लब मोहन बगानमा आबद्ध भएका थिए। सोही दिन राष्ट्रिय टिमका पहिलो रोजाइका गोलकिपर किरणकुमार लिम्बूले आई–लिगमा डेब्यू गरेका थिए। अघिल्लो महिना डिफेन्डर रोहित चन्दले इन्डोनेसियन क्लबसँग सम्झौता गरेका थिए। 

रोहित चन्द – पेर्सिजा जकार्ता (इन्डोनेसिया) 

नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले पुसमा इन्डोनेसियन क्लब पेर्सिजा जकार्तासँग थप एक वर्षको सम्झौता गरेका थिए। उनको सम्झौता रकम भने खुलाइएको छैन। 

गत सिजन पेर्सिजाबाटै खेलेका रोहित यो सिजन आबद्ध हुने विषय अनिश्चित थियो। पेर्सिजाले २५ वर्षीय रोहित राष्ट्रिय टिमका लागि खेल्न नेपाल फर्कनुपर्ने भएकाले यो वर्ष सम्झौता गर्न चाहेको थिएन। तर, विदेशी खेलाडी सम्झौता गर्न नयाँ नियम लागू भएपछि पेर्सिजाले रोहितसँग फेरि सम्झौता गरेको हो। लिगले २५ वर्ष उमेरसम्मका विदेशी खेलाडीसँग मात्र सम्झौता गर्नुपर्ने नियम लागू गरेसँगै उनी अनुबन्धित भएका थिए।

गत सिजन रोहितले पेर्सिजाबाट प्रभावशाली प्रदर्शन गरेका थिए। उनले २८ खेलमा तीन गोल गरेका थिए भने चार पटक गोलका लागि पास उपलब्ध गराएका थिए। गत सिजन लिग वानमा पेर्सिजा चौथो भएको थियो। उसले ३४ खेलमा १७ जित निकाल्दा १० बराबरी खेलेको थियो। ७ खेलमा भने पराजित भएको थियो। 

पेर्सिजाबाट आगामी सिजन लिग वान र एएफसी कप खेल्न लागेका रोहित इन्डोनेसियाबाट खेल्न लागेको चौथो सिजन हो। सिजनको लिग वान २४ फेब्रुअरीबाट सुरु भएर ८ महिना चल्नेछ। 

पेर्सिजाबाट उनले तेस्रो सिजन खेल्न लागेका हुन्। त्यसअघि रोहितले सन् २०१२ मा पिएसपिएस पेकेबानुबाट खेलेका थिए। 

Ncell 2
Ncell 2

रोहितले सन् २०१० देखि २०१२ सम्म भारतीय आई-लिग क्लब 'हल एससी'बाट खेलेका थिए। एन्फा एकेडेमीका उत्पादन रोहितले व्यावसायिक करिअर भने सन् २००९ मा मच्छिन्द्र क्लबाट सुरु गरेका थिए। २००९ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ४६ क्याप जित्दै २ अन्तर्राष्ट्रिय गोल गरेका छन्। 

सन्दीप लामिछाने– दिल्ली डेयरडेभिल्स (भारत)  

युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) मा आबद्ध हुने पहिलो नेपाली खेलाडी बने। सन्दीपलाई आइतबार भएको आइपिएल अक्सनमा दिल्ली डेयरडेभिल्सले २० लाख भारु (३२ लाख रुपैयाँ) मा किनेको थियो। सन्दीप एसोसिएट क्याटागोरीबाट आइपिएलमा आबद्ध भएका हुन्। 

पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा भने सन्दीप थिएनन्। तर, सन्दीप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो। सन्दीपको नाम आइपिएलको अक्सन सूचीमा राख्न नेपाल क्रिकेट संघ (क्यान) की पूर्व सिइओ भावना घिमिरेले विशेष पहल गरेकी थिइन्। घिमिरेले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड र आइपिएल व्यवस्थापन कम्पनी इन्टरनेसनल म्यानेजमेन्ट ग्रुपमा कुरा गरेपछि सन्दीपको नाम अक्सन सूचीमा राखिएको थियो।

सन्दीपले राष्ट्रिय टिममा प्रवेश गरेको २ वर्ष मात्र भएको छ। २०७२ भदौमा यू–१९ को क्याम्पमा बोलाइएका सन्दीपले सोही वर्ष बंगलादेशमा भएको यू–१९ विश्वकपमा डेब्यू गर्दा सनसनी मच्चाएका थिए। उनले टेस्ट राष्ट्रको मान्यता पाएको आयरल्यान्ड विरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिएका थिए। युवा विश्वकपमा उत्कृष्ट खेलेपछि उनी सिनियर टिममा परेका थिए। उनले दुई वर्षअघि नामिबिया विरुद्धको खेलबाट सिनियर टिममा डेब्यू गरेका थिए। उनले अहिलेसम्म पहिलो श्रेणीका ९ खेल खेल्दै १२ विकेट लिइसकेका छन्। 

नवलपरासी घर भएका १७ वर्षीय सन्दीपलाई युवा टिममा जोड्ने काम भने नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका थिए। अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कसँग विशेष सम्बन्ध बनाएपछि उनले गत वर्ष अस्ट्रेलियाको पहिलो श्रेणीको क्रिकेट खेलेका थिए। हङकङ टी–२० ब्लिट्ज–२०१६ का दौरान क्लार्क र सन्दीपको भेट भएको थियो। आइपिएलमा आबद्ध हुन पनि क्लार्कको सहयोग रहेको दाबी गरिएको छ। 

किरणकुमार लिम्बू– मिनेर्भा पञ्जाव (भारत)

नेपाली राष्ट्रिय फुटबल टिमका पहिलो रोजाइका गोलकिपर किरणकुमार लिम्बू गत साता भारतको आई–लिग क्लब मिनेर्भा पञ्जावमा आबद्ध भए। उनले शनिबार डेब्यू गरिसकेका छन्। उनीसँग गरिएको सम्झौता रकम खुलाइएको भने छैन। जारी सिजनमा पञ्जाव शीर्ष स्थानमा छ। 

गत सिजन माल्दिभ्सको टिसी स्पोर्ट्सबाट लिग खेलेका किरणले प्रेरणादायी खेल पस्केका थिए। टिसी स्पोर्ट्सले माल्दिभ्सको माथिल्लो डिभिजनमा गत सिजन दोस्रो स्थान हात पारेको थियो। २७ वर्षीय किरणले त्यसअघि सन् २०१६ मा मनाङ मर्स्याङ्दीबाट खेलेका थिए।

एन्फा एकेडेमीका उत्पादन किरणले २००९ देखि २०१६ सम्म थ्रीस्टार क्लबबाट खेले। त्यस क्रममा उनले थ्रीस्टारलाई लिगका साथै दर्जनौं घरेलु फुटबल प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाली राष्ट्रिय फुटबल टिममा २००८ मा डेब्यू गरेका किरण सन् २०१० देखि नेपाली टिमको नम्बर एक गोलकिपर हुन्। धनकुटाका स्थायी बासिन्दा उनले राष्ट्रिय टिमबाट ५० खेल पूरा गरिसकेका छन्।

विमल घर्तीमगर– मोहन बगान (भारत)

नेपाली राष्ट्रिय टिमका युवा फरवार्ड विमल घर्तीमगर गत शनिबार भारतको चर्चित फुटबल क्लब मोहन बगानमा आबद्ध भए। मोहन बगानमा २० वर्षपछि नेपाली खेलाडी आबद्ध भएका हुन्। सिजनको अन्तिम तीन महिना मात्र बाँकी रहँदा मोहन बगानले नेपालका मुख्य स्ट्राइकर विमललाई अनुबन्ध गरेको हो। उनले आकर्षक पारिश्रमिक पाउने भए पनि रकम खुलाइएको छैन। 

भारतको शीर्ष डिभिजन आई–लिग खेल्ने क्लब मोहन बगान भारतको कोलकाताको क्लब हो।  स्ट्राइकर सोनी नोर्डी घाइते भएपछि उनको स्थानमा क्लबले विमललाई क्लबमा लिएको हो। विमलले विभिन्न युरोपेली क्लबमा समेत ट्रायल दिएका थिए।

यसअघि पछिल्लो पटक पूर्व फरवार्ड हरि खड्काले मोहन बगानबाट खेलेका थिए। खड्काले १९९८ मा अन्तिम पटक खेलेका थिए। त्यसअघि नेपालका पूर्वस्टार डिफेन्डर पारस चौधरी पनि मोहन बगानमै आबद्ध थिए। 

नवलपरासीको भुताहाका स्थायी बासिन्दा विमलले १४ वर्षको उमेरमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनी सन् २०१२ को सेप्टेम्बरमा दशरथ रंगशालामा बंगलादेश विरूद्ध मैत्रीपूर्ण खेलका लागि पहिलो पल्ट मैदानमा उत्रिएका थिए। उनी अहिले पनि राष्ट्रिय टोलीबाट मात्र होइन, दक्षिण एसियामा पनि १४ वर्षको कलिलो उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्ने कान्छा खेलाडी हुन्। 

उनले सिनियर टिमबाट पाकिस्तान विरूद्ध इन्जुरी समयमा गोल गर्दै १५ वर्षको उमेरमै अन्तर्राष्ट्रिय खेलमा गोल गरेका थिए। विमल नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्ने कान्छा खेलाडी पनि हुन्। उनले युरोपका चार वटा क्लबबाट प्रशिक्षण गरेका थिए।  

२० वर्षीय विमलले राष्ट्रिय टिमका लागि २३ खेलमा ६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। पछिल्लो समय थ्रीस्टार क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका बेला उनीसँग भारतीय क्लबले सम्झौता गरेको हो।

प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  ०५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन
वरिष्ठ कलाकार सुनिल थापाको निधन
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ?
सम्बन्धित सामग्री
निर्वाचनमा ड्रोन प्रयोगमा प्रतिबन्ध लगाउने सुरक्षा समितिको निर्णय गृह मन्त्रालयमा आज शुक्रवार केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी हुन नदिन हाई अलर्टमा रही... शुक्रबार, माघ २३, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या ढकालको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । सिंहलाई सुइसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द... शुक्रबार, माघ २३, २०८२
बुढानीलकण्ठमा श्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित एक जना पक्राउ उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो । बिहीबार, माघ २२, २०८२
ताजा समाचारसबै
सीमा सुरक्षा बैठकमा बेहोस भएर ढलेका सशस्त्रका एसपी घिमिरेको निधन शनिबार, माघ २४, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? शनिबार, माघ २४, २०८२
आज कोशी र गण्डकीको हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना शनिबार, माघ २४, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
४२ सयले घट्यो सुनको मूल शुक्रबार, माघ २३, २०८२
रूसी जनरलमाथि गोली प्रहार शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? शुक्रबार, माघ २३, २०८२
टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्