काठमाडौं - आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई फाइनलमा हराउँदै टिआइएले चौथो बीआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको छात्रतर्फको उपाधि जितेको छ।
उपाधि जित्ने क्रममा टिआइएले बौद्धलाई ७४-५५ को स्कोरमा हराएको हो। जसमा सम्राट गुरुङले सर्वाधिक ३० अंक ल्याए।
यस्तै छात्रातर्फ रुपिजले चाँदबाग स्कुललाई एक अंकले पराजित गर्दै उपाधि जितेको छ। रुपिजको ३६ अंक रह्यो भने चाँदबागको ३५ अंक रह्यो। जसमा सइसा प्रधानले सर्वाधिक २२ अंक ल्याइन्।
यसअघि छात्रतर्फ सेमिफाइनलमा बौद्धले रुपिजलाई ७३-५५ ले पराजित गरेको थियो। टीआईएले डिफेन्डिङ च्याम्पियन डाफोडिललाई ६९-५५ ले हराएको थियो।
छात्रातर्फ सेमिफाइनलमा रुपिजले डाफोडिललाई ४९-४४ ले र चाँदबागले न्यु बुद्ध प्रकाशलाई ४१-२० ले हराएको थियो।
विजेता र उपविजेतालाई मेडल र ट्रफी पुरस्कार पाएका छन्।
.jpg)
यस्तै प्रतियोगितामा छात्रतर्फ मोस्ट भ्यालुएबल प्लेयर टिआइएका तेन्जिङ शेर्पा र छात्रातर्फ रुपिजकी सइसा प्रधान बनेका छन्। छात्रतर्फ बौद्ध इन्टरनेशनलका तिरपत लिम्पु र छात्रातर्फ चाँदबागकी सुर्मा थेबेले सर्वाधिक स्कोररको अवार्ड पाए।
.jpg)
मेगा बैंक र एनाटोलिया रेस्टुरेन्टले प्रायोजन गरेको प्रतियोगिताका लागि साढे चार लाख रुपैयाँ खर्च भएको आयोजकको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।