काठमाडौं - साफ यु १८ च्याम्पियनसिपमा अन्तिम समयमा आएर पाकिस्तान सहभागी नहुने भएपछि खेल तालिका हेरफेर भएको छ।
आउँदो असोज ३ देखि १२ गतेसम्म हल्चोक मैदानमा हुने तय भएको छ। जसमा यसअघि पाकिस्तानसँग नेपालको पहिलो खेल हुने भनिएकोमा पाकिस्तानले सहभागीता नहुने जनाएपछि नेपालको पहिलो खेल माल्दिभ्ससँग हुने भएको हो ।
साविक विजेता नेपाल रहेको समूह ‘ए’ मा अहिले माल्दिभ्स र भुटान मात्रै रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र भारत रहेका छन्।
नेपालले पहिलो खेलमा असोज ३ गते नै माल्दिभ्ससँग र दोस्रो खेलमा ५ गते भुटानसँग खेल्नेछ । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुवै सेमिफाइनल १० गते हुने तय छ। फाइनल खेल १२ गते हुनेछ ।
प्रतियोगिताको लागि नेपाली टिमका प्रशिक्षक चेत नारायण श्रेष्ठले ३० जना खेलाडीलाई अभ्यास गराइरहेका छन्। जसबाट अन्तिम टोलीको टुंगो लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।