काठमाडौँ- सरकारले चीनको ग्वान्जाओस्थित नेपाली महावाणिज्य दूतावासको महावाणिज्यदूतमा हरिशरण पुडासैनीलाई नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को भदौं ५ गते सार्वजनिक निर्णय अनुसार पुडासैनीलाई एक कार्यकालका लागि नियुक्त गरेको हो।
महावाणिज्यदूतको एक कार्यकाल ४ वर्षको हुन्छ।
पुडासैनी समान्य प्रशासन तर्फका सहसचिव हुन्।
यसअघिका महावाणिज्यदूत रवि भट्टराईको पदावधि सकिएपछि सन् २०१८ को जुन देखि उक्त पद खाली थियो।
कुञ्जन शाहले कायममुकायम महावाणिज्य दूतको कार्यभार सम्हालेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।