सुर्खेत- नेपाली कांग्रेस पार्टीलाई भरोसा गर्न लायक पार्टी बनाउन नसकिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वीकारेका छन्।
जनताले कांग्रेसलाई नपत्याएको उल्लेख गर्दै नेता पौडेलले भने, ‘कम्युनिस्ट पार्टीप्रति जनताको विश्वास कम हुँदै गएको छ। यो बेलामा हामी सुध्रिएर जनताको भरोसायोग्य पार्टी बनाउन जरुरी छ।’
कर्णाली प्रदेशका महाधिवेशन प्रतिनीधिलाई प्रशिक्षण दिने क्रममा नेता पौडेलले कांग्रेस सच्चिनुपर्ने धारणा राखे। कांग्रेसले आफ्नो भूमिका संझन जरुरी रहेको बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकका बारेमा पौडेलले भने, ‘देश संकटतर्फ गएको जानकारी प्रधानमन्त्रीले जानकारी दिनुभयो।’
दुईतिहाईको सरकार प्रखर नेताले चलाएका बेलामा देशलाई संकट आयो किन आयो उनले सरकारलाई प्रश्न गरे।।
दुई तिहाई मतलाई उपयोग गर्न वर्तमान सरकारले नसकेको टिप्पणी गरे।
वर्तमान सरकारका नेताहरु पूर्वधार तयार नगरी योजनाको उद्घाटन गर्नमा व्यस्त रहेको आरोप लगाए।
कम्युनिस्टसँग खुलेर बहस गर्ने बेला आएको बताउँदै उनले भने, ‘उनीहरुले हिजो के बोले, आज के गरे। त्यसको मुल्याङकन गर्न जरुरी छ। सिद्धान्तमा बहस गर्न सक्ने कांग्रेस हुनुपर्छ।’
पार्टीको सिद्धान्तले जित्ने तर चुनाव हारिएको प्रति पार्टीमा समिक्षा हुनुपर्ने उनको राय थियो।
न्याय निष्पक्ष र पारदर्शीताका आधारमा पार्टी सञ्चालित नभएको बताउँदै उनले भने,‘वास्तविक एकता र वास्तविक हार्दिकता आवश्यकता छ। कार्यकतालाई गुटको पछि नलाग्न सल्लाह सुझाव दिएका पौडेलले भने,‘नेपाली कांग्रेस भनेर सवैजना हिड्नुस पौडेल, देउवाको भनेर होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।