पोखरा– पोखरा रङ्गशालामा जारी १६ औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई एकका बिरुद्ध तीन गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
खेलको ५३ औँ मिनेटमा नेपाल पुलिस क्लबका निरकुमार राईले पहिलो गोल गर्दै खेलको विजयी सुरुवात गरे । त्यसपछिे ५७ मिनेटमा पुलिसकै दिनेश राजवंशीले अर्को गोलको योगदान दिए।
खेलको ७२ औँ मिनेटमा पुलिसकै सुमन लामाले अर्को गोलको योगदान दिए भने खेलको अन्त्यतिर ८२ औँ मिनेटमा मनाङ मस्र्याङ्गदीका विशाल राईले गोल गरेका थिए।
खेलको उत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबका सुमन लामा घोषित भए। नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापाले पहिलो मध्यान्हमा कुनै गोल हुन नसके पनि दोस्रो मध्यान्हमा खेलाडीबीचको तालमेल मिलेका कारण विजयी बन्न सकिएको बताए।
मनाङका प्रशिक्षक छिरिङ लोप्साङ गुरुङले प्रतियोगितामा वर्क परमिटका कारण विदेशी खेलाडी समावेश गर्न नपाएको बताउँदै साना उमेरका खेलाडीका कारण पनि अपेक्षित नतिजा प्राप्त गर्न नसकेको बताउनुभयो।
बुधबारको पहिलो सेमिफाइन खेल थ्रीस्टार क्लब र बंगलादेशको बलिन्धरा क्लबबीच हुने भएको आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।