जनकपुर- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश २ को नाम 'जानकी' राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ।
प्रदेश २ को नाम जानकी र प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्गसहित पूरै धनुषा जिल्ला निर्धारण गर्न बिहीबार नेकपाले प्रदेशसभामा प्रस्ताव पेस गरेको हो।
नेकपाको तर्फबाट जानकी प्रदेश नामाकरणसम्बन्धी प्रस्ताव सांसद रामकुमार यादवले दर्ता गराएका छन्।
यसैगरी, जनकपुर परिक्रमा मार्गसहित पूरै धनुषा जिल्ला राजधानी हुनुपर्ने प्रस्ताव नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले दर्ता गराएका छन्।


त्यसैगरी प्रदेश २ को प्रतिपक्षी दल नेपाली काँग्रेसले दर्ता गराएको प्रस्ताव अनुसार प्रदेशको नाम मिथिला-भोजपुरा र राजधानी जनकपुरधाम उपमहानगनरपालिका राखेको छ।

उता अर्को प्रतिपक्षी दल नेपाली कांग्रेसले भने नेकपाको भन्दा फरक प्रस्ताव सचिवालयमा दर्ता गराएको छ।
प्रदेश २ को नाम मिथिला-भोजपुरा र राजधानी जनकपुरधाम उपमहानगरपालिका राख्ने गरी प्रदेशसभामा प्रस्ताव पेस गरेको कांग्रेसले जानकारी दिएको छ।
काँग्रेसका प्रदेश सांसद नरेशकुमार यादवले प्रदेशको नाम सम्बन्धी प्रस्ताव पेस गरेका छन् भने र राजधानीको प्रस्ताव काँग्रेस संसदीय दलका नेता रामसरोज यादवले पेस गरेका हुन्।

प्रदेश सरकारले नाम र राजधानी टुंग्याउन ढिलाई गरेपछि प्रदेशसभाको गत साउन २६ गते बसेको बैठकमा सभामुख सरोज यादवले भदौ ५ गतेसम्म नाम र राजधानीको प्रस्ताव ल्याउन सूचना जारी गरेका थिए।
संविधानमा दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी टुंग्याउने प्रावधान छ।
तर, प्रदेश २ मा कुनै दलसँग दुई तिहाइ मत छैन। त्यसैले सत्तापक्ष र विपक्ष नमिलेसम्म यो मुद्दा टुंगिन सम्भव देखिँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।