काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसदले कार्यसम्पादन मूल्यांकन भन्दा पनि सरकारले राजनीतिक आस्थाका आधारमा कर्मचारी सरुवा गरेको भन्दै सरकारको आलोचना गरेका छन्।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा कांग्रेस सांसदले सचिवहरुको सरुवाप्रति समेत आपत्ति जनाएका हुन्। सांसद राधेश्याम अधिकारीले करीब एक महिनाको बीचमा एक वर्षका लागि प्रधानमन्त्रीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको तर त्यसको मसी सुक्न नपाउँदै १६ जना सचिवको सरुवा किन गरिएको भन्दै जवाफ मागे।
कार्यसम्पादन उच्चस्तरीय बनाउने भन्दै सम्झौता गरेको सचिव सरुवा भएपछि कसले त्यसको जिम्मवारी लिने भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।
‘एक महिना नहुँदै १६ जना सचिवको यसैबीचमा सरुवा भएको सुन्नमा आएको छ, यतिबेला एउटा प्रश्न उठेको छ, एक वर्षमा गर्नुपर्ने काम ती सचिवहरुले एक महिनामै सकेका हुन् वा एक महिनाभित्रै आफू असक्षम भएको प्रमाणित गरेका हुन्?,’ उनको प्रश्न थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।