काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले 'नेकपाका पार्टी सदस्य के हुन्, किन अरु मान्छेभन्दा फरक छन् भन्ने देखिनेगरी काम हुने' बताएका छन्।
हालै पार्टीको उपाध्यक्षमा बनाइएका गौतमले आफूले पार्टीका प्रत्येक सदस्यलाई जनताको घर-घरमा स्थापित गराउने बताए।
विधानमै नभएको उपाध्यक्ष पद किन सिर्जना गरिएको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अध्यक्षहरुलाई सोध्नुपर्ने बताए। 'अध्यक्षहरुले ल्याउनुभयो, मसँग सल्लाह गरिएको होइन', बिहीबार उनले बालुवाटारमा भने।
उनले आफूलाई खुसी पार्न ल्याइएको हो भने पनि त्यसले केही फरक नपर्ने बताए। 'म खुसी हुँदा धेरै काम गर्नसक्छु। पार्टी र देशलाई फाइदा हुन्छ', उनले भने, 'यत्रो ठूलो पार्टी निर्माणमा मैले योगदान गरेको छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।