काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दिउँसो १ बजेर ३० मिनेटमा थाई एयरवेजबाट स्वास्थ्य उपचारका लागि सिंगापुर जाँदैछन्।
प्रधानन्त्रीको सिंगापुर यात्रासँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले नोटामा जारी गर्दै ३० मिनेट विमानस्थल पूर्णरुपमा बन्द गर्न लागको छ। विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीका अनुसार दिउँसो १ बजेर १० मिनेटबाट बन्द हुने विमानस्थल १ बजेर ४० मिनेटमा मात्रै खुल्नेछ।
विमानस्थल कार्यालयले भिभिआइपीको उडाका लागि ३० मिनेट उडान तथा अवरतण बन्द गर्न लागेको उनको भनाइ छ।
यसअघि प्रधानमन्त्री ओली साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गई एक सातापछि स्वदेश फर्किएका थिए।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको क्रिएटिनिनको मात्रा अझै घट्न नसकेको कारण समस्या भइरहेको छ। उनले सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।