काठमाडौं - आयोजक बौद्ध इन्टरनेसनल स्कुल र टीआईए चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार फाइनलमा प्रवेश गरेका छन्।
बौद्धले रुपिजलाई ७३-५५ ले पराजित गरेको हो। बौद्धका अर्जुन क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै ४० अंक जोडे । टीआईएले डिफेन्डिङ च्याम्पियन डाफोडिललाई ६९-५५ ले हरायो। टीआईएका सम्राट गुरुङले २६ स्कोर गरे।
सिनियर गल्र्समा रुपिज र द चाँदबागले उपाधि भिडन्त पक्का गरेका छन्। रुपिजले डाफोडिललाई ४९-४४ ले हरायो।
रुपिजकी साइसा प्रधानले २० अंक जोडिन्। न्यु बुद्ध प्रकाश विरुद्धको खेलमा चाँदबाग ४१-२० ले विजयी भयो। चाँदबागकी सुर्मा थेबेले १७ स्कोर गरिन्। फाइनल बिहीबार हुँदैछ।
विजेता र उपविजेतालाई मेडल र ट्रफी पुरस्कार दिइने प्रतियोगितामा गल्र्स र ब्वाइज दुवैतर्फ मोस्ट भ्यालुएबल प्लेयर, हाइ स्कोररका साथै फेयर प्ले टिमको उपाधि समेत दिइने आयोजकले जनाएको छ।
(2).jpg)
मेगा बैंक र एनाटोलिया रेस्टुरेन्टले प्रायोजन गरेको प्रतियोगिताका लागि साढे चार लाख रुपैयाँ खर्च भएको आयोजकको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।