काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कार्यकारी भूमिका दिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले ओलीको प्रस्तावलाई अनुमोदन गरेको हो। पार्टी एकताका बाँकी रहेका कार्यहरु टुंगाउनका लागि प्रचण्डलाइ बैठक डाक्ने अधिकारसमेत दिइएको छ।
यसअघि अध्यक्षका रुपमा प्रचण्ड रहे पनि बैठक बोलाउने अधिकार भने दिइएको थिएन।
उपचारका लागि आज सिंगापुर जान लागेका प्रधानमन्त्री ओलीले कार्यकारी अधिकारसहित प्रचण्डलाई जिम्मेवारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।