• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अमेरिकामा विद्यार्थी ऋण ‘आजीवन सजाय’, ह्वाइट हाउस प्रवेशका लागि प्रमुख एजेन्डा बन्ने संकेत

64x64
नेपाल लाइभ बिहीबार, भदौ ५, २०७६  ०६:३६
1140x725

लस एन्जलस- हेली वाल्टर्सलाई कानुन विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ। यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने बेलासम्ममा उनी एक लाख डलरको विद्यार्थी ऋणमा परेकी हुनेछिन्।

वाल्टर्सजस्तै लाखौँ अमेरिकीहरु विद्यार्थीले शिक्षाका लागि अत्यधिक खर्चिरहेका छन्। जसले सम्भवतः उनीहरुको वयस्क जीवनका अधिकांश हिस्सामा आर्थिक भार थोपर्नेछ। 'मलाई के लाग्छ भने विद्यार्थी ऋण भनेको वास्तवमै आजीवन सजाय हो,' क्यालिफोर्नियाकी यी १९ वर्षीया किशोरीले भनिन्। अमेरिकी कलेजका चार करोड ५० लाख स्नातक अध्ययनरत विद्यार्थीहरूको १० खर्ब ६० अर्ब डलरको यो ऋणको बोझले हालैका वर्षहरूमा विस्फोटको रूप लिएको छ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बर्नी स्यान्डर्सले विद्यार्थीहरूको सम्पूर्ण ऋण मेटाउने महत्वाकांक्षी योजना उजागर गरेसँगै सन् २०२० को राष्ट्रपति चुनावी अभियानमा यो मुख्य मुद्दाको रूपमा आएको छ। 

'यस वर्ष एउटा सार्वजनिक विश्वविद्यालयबाट स्नातक हुने कुनै पनि व्यक्तिको औसत विद्यार्थी ऋण ३५ हजार डलरभन्दा अधिक हुने अपेक्षा गरिएको छ,' क्यालिफोर्नियाको गैरनाफामूलक संस्था ‘स्टुडेन्ट डेब्ट क्राइसिस’का कार्यक्रम निर्देशक कोडी हुनानियनले भने। विद्यार्थीलाई सहयोग गर्ने यो संस्थाले विद्यार्थी ऋण सुधारका लागि डट्दै आएको छ।

आधिकारिक तथ्याङ्कअनुसार ७१ प्रतिशत अमेरिकी विद्यार्थीहरू यस्तो ऋणको बोझले थिचिएका छन्। अल्पसङ्ख्यकहरू यसबाट सबैभन्दा बढी मारमा परेका छन्। 'विशेषरूपमा स्नातकमा उच्चतम विद्यार्थी ऋणसँगै अश्वेत महिलाहरू सबैभन्दा धेरै प्रभावित समूह हो,' हुनानियनले भने।

केहीका लागि छात्रवृत्ति र वित्तीय सहयोग उपलब्ध भए पनि उच्च शिक्षाको लागत यस्तो छ कि अधिकांश विद्यार्थी आफ्नो ऋण समयमै चुक्ता गर्न असमर्थ छन्। 'जब विद्यार्थीले स्कुल छाड्छन्, तिनीहरूलाई ऋण चुक्ता गर्न १० वर्षको समयावधि तोकिएको हुन्छ, तर ठूलो संख्याका विद्यार्थीले २० वा २५ वर्षको समयावधिका लागि अनुरोध गरेको सङ्घीय कार्यक्रमले देखाएको छ,' हुनानियनले भने।

उनका अनुसार लामो अवधि हुनासाथ ब्याजका कारण ऋणको मात्रा ह्वात्तै बढेर जान्छ।

हुनानियनले उदाहरणको रूपमा आफ्नै अनुभव सुनाए। 'मसँग ३० हजार डलर विद्यार्थी ऋण थियो, म महिनामा १ सय ५० डलरभन्दा बढी तिर्छु र यो सस्तो पुनर्भुक्तानी कार्यक्रमहरू मध्येको एक हो,' उनले भने, 'मैले त्यसरी ऋण तिर्दा मेरो ऋण वास्तवमा बढिरहेको छ, मैले ब्याज पनि तिर्न सकिरहेको छैन, मैले अझ ऋण घटाउन हरेक महिना तिर्दै आइरहेको छु।'

Ncell 2
Ncell 2
nimb
nimb

विशेषज्ञहरूका अनुसार विद्यार्थी ऋणको बोझले दबिएको एउटा परिवारमा दुई पुस्ता हुनु असामान्य होइन। लस एन्जलस नजिकैको पासाडेना सिटी कलेजबाट भर्खरै राजनीति शास्त्रमा दुई वर्षे डिग्री हासिल गरेकी वाल्टर्सको यही अवस्था छ।

यद्यपि उनी ऋण भुक्तानीको प्रस्ट योजना नबनाई त्यो स्कुलबाट एक परोपकारी व्यक्तिले ऋण मिनाहा गरिदिएकाले ठूलो ऋणबाट छुटकारा पाउन सफल भइन्। अब शरद ऋतुमा कानुन विषयमा डिग्री हासिल गर्ने आफ्नो अन्तिम लक्ष्यका साथ उनी प्रतिष्ठित र अत्याधिक महँगो क्यालिफिोर्निया विश्वविद्यालय बर्कलेमा प्रवेश गर्नेछिन्।

छात्रवृत्तिबाट सम्मानित भए पनि वाल्टर्सले वार्षिक शुल्कमा करिब २० हजार डलर भुक्तान गर्नका लागि अहिले पनि ऋण लिनुपर्ने बताइन्। 'ब्याजदर र साँवा भुक्तानीसँगै यो मुलरूपमा ऋणपछि ऋण, ऋणपछि ऋणको रूपमा बदलिरहन्छ,' उनले भनिन्।

आफ्नी ५८ वर्षीया आमाकै कारण उनी विद्यार्थी ऋणको शिकार भएकी हुन्। 'म आफ्नी आमासँग कसरी विद्यार्थी ऋणले मूलरूपमा हाम्रो आर्थिक अवस्थालाई नाजुक बनाइरहेको थियो भन्नेबारे कुरा गर्नेछु,' उनले भनिन्, 'तपाईंलाई थाहा छ, हामी छुट्टीमा कहीँ जान सक्तैनौँ, कुनैकुनै बेला मलाई नयाँ स्कुल सत्रका लागि स्कुलबाट केही प्राप्त हुँदैनथ्यो, कहिलेकाहीँ हामीले जन्मदिनको उपहारहरू थोरै पाउँथ्यौँ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०२० मा ह्वाइट हाउस प्रतिस्पर्धामा विद्यार्थी ऋण प्रमुख मुद्दा बन्नेछ भन्ने आफूले अपेक्षा गरेको वाल्टर्सले बताइन्। केही उम्मेदवारहरूका लागि विद्यार्थी ऋणको विषयले केन्द्रीय स्थान पाइसकेको छ।

स्यान्डर्सको ‘क्रान्तिकारी’ प्रस्तावको उद्देश्य सबै विद्यार्थी ऋणलाई समाप्त गर्नु र सरकारी कलेजहरूलाई निःशुल्क बनाउनु हो। साथै उनले विद्यार्थी ऋण भुक्तानीका लागि वित्तीय सहयोग गर्नुपर्ने चाहेका छन्। 'अमेरिकीहरूले वाल स्ट्रिटको उद्धार गरेका थिए,' सन् २००० को दशकको अन्त्यमा आर्थिक मन्दीका क्रममा भएको ‘साह्रै ठूलो विफलता’का लागि ऋणदाताहरूलाई उल्लेख गर्दै स्यान्डर्सले भने, 'अब वाल स्ट्रिटले मध्यम वर्गलाई सहयोग पुर्‍याउने समय आएको छ।'

अर्की डेमोक्र्याटिक उम्मेदवार एलिजाबेथ वारेनसँग पनि विद्यार्थी ऋण रद्द गर्ने र निःशुल्क सरकारी कलेजको योजना छ।

'मेरो बुबा दक्षिणी क्यालिफोर्नियाको अत्यन्त गरिब परिवारमा हुर्कनुभयो,' वाल्टर्सले भनिन्, 'उहाँ विश्वविद्यालय जानुभएको एउटा मात्र कारण के थियो भने त्यहाँ पढाइ निःशुल्क थियो।'

तथापि शुल्क मात्र विद्यार्थीहरूको आर्थिक बोझ होइन। उदाहरणका लागि क्यालिफोर्नियामा सार्वजनिक विश्वविद्यालयका लागि वार्षिकरूपमा आवश्यक औसत ३५ हजार डलरको आधाभन्दा बढी त आवास र बस्ने खर्चमा सकिन्छ।

हुनानियनका अनुसार विद्यार्थीहरू आफ्नो व्यावसायिक जीवन सुरु गर्नुभन्दा पहिला अत्यधिक ऋणबाट पीडित हुनु हुँदैन भन्ने सुनिश्चित गर्न त्यस्ता मुद्दालाई सम्बोधन गर्नु महत्वपूर्ण थियो। 'विद्यार्थीका लागि पद्धतिले काम गरिरहेको छैन,' उनले भने, 'यसले लाभदायक, ठूला कम्पनी तथा विद्यार्थी र ऋण लिनेहरुबाट पैसा कमाइरहेकाहरूका लागि काम गर्दैछ।' (अनुवादः दिलीप अधिकारी/रासस/एएफपी)

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन
सम्बन्धित सामग्री
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
विश्वव्यापी गरिबी बढेर एक अर्ब २० करोड पुग्यो संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) को सोमबार सार्वजनिक प्रतिवेदनअनुसार विश्वभर तीव्र गरिबीमा बाँचिरहेका मानिसको सङ्ख्य... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्