• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश-२ : नाम र राजधानी प्रस्ताव गर्न दलहरू गहन छलफलमा 

‘नयाँ जनकपुर’मा राजधानी तोक्न सुझाव
64x64
नेपाल लाइभ बिहीबार, भदौ ५, २०७६  ०५:४६
1140x725

जनकपुर- प्रदेशसभाले तोकेको बिहीबारभित्रको समयसीमामा प्रदेश २ को नाम र राजधानी प्रस्ताव गर्न दलहरू गहन आन्तरिक छलफल जुटेका छन्। 

प्रदेश सरकारले नाम र राजधानी टुंग्याउन ढिलाई गरेपछि प्रदेशसभाको साउन २६ गते बसेको बैठकमा सभामुख सरोज यादवले भदौ ५ गतेसम्म नाम र राजधानीको प्रस्ताव ल्याउन सूचना जारी गरेपछि दलहरूबीच आन्तरिक छलफलको माहोल गर्माएको हो। 

संविधानमा दुई तिहाइ बहुमतले प्रदेशको नाम र राजधानी टुंग्याउने प्रावधान छ। तर, प्रदेश २ मा कुनै दलसँग दुई तिहाइ बहुमत छैन। त्यसैले सत्तापक्ष र विपक्ष नमिलेसम्म यो मुद्दा टुंगिन सम्भव देखिँदैन।

राजधानी जनकपुरमै राख्नेमा बहुमत देखिएपनि अहिले राजधानीबारे नयाँ धारणा पनि आएको छ। राजधानी जनकपुर बाहिर ‘नयाँ जनकपुर’मा राख्ने नयाँ प्रस्तावमा पनि छलफल हुन थालेको बताइएको छ। सत्तासीन दल समाजवादी पार्टी पनि नाम र राजधानीमा गिभ एन्ड टेकको मुडमा देखिएको छ। 

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै प्रदेशको नाम र राजधानीबारे दलले पहिलो पटक औपचारिक छलफल गरेको छ। 

संसदीय दलको बैठकमा सहभागी सांसदले प्रदेशको राजधानी धनुषा तोक्ने नयाँ सुझाव प्रस्तुत गरे। प्रदेश २ को राजधानी जनकपुरमा राख्नेमा दलहरुबीच एकमत देखिएपनि धनुषा भनेर नेकपाले राजधानीबारे नयाँ बहस अघि सारेको हो। 

नेकपाका सांसदहरुले प्रदेशको राजधानी जनकपुरको विकल्पमा 'नयाँ जनकपुर' हुनुपर्ने प्रस्ताव ल्याएको बैठकमा सहभागी सांसद शारदा थापाले बताइन्।

‘राजधानी जनकपुर बाहिर नयाँ जनकपुरमा राख्ने पनि सुझाव आएको छ,’ सांसद थापाले भनिन्, ‘नयाँ जनकपुर भनेको रातु खोलाको पश्चिम र कमला नदीको पूर्वको भागलाई भनिएको हो।’ उनले नयाँ जनकपुरका लागि ढल्केबर, महेन्द्रनगर, वीरेन्द्रबजार लगायत क्षेत्रमा राजधानी राख्ने विषयमा आन्तरिक रुपमा छलफल भएको बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेश २ मा नेकपाका ३२ सांसद छन्। संसदीय दलको बैठकमा २७ जना सांसदले प्रदेशको नाम र राजधानीबारे आफ्नो राय दिएका छन्। नेकपाका दुई सांसद जगत यादव र भरत साहले प्रदेश २ को नाम मधेस राख्नुपर्ने सुझाव दिएका थिए।

नेकपाले प्रदेशको नाम र राजधानीबारे आफ्नो सांसदको धारणा बुझ्न संसदीय दलको बैठक बोलाएको थियो। नेकपाकी सचेतक बेची लुंगेलीका अनुसार दलको बैठकमा धारणा राख्ने २७ सांसदमध्ये २५ जनाले प्रदेशको नाम मिथिला–भोजपुरा र राजधानी धनुषा हुनुपर्ने तर्क गरेका थिए। 

‘प्रदेशको नाम मधेस, जानकी, जनकनन्दनी राख्न समेत सुझाव आयो, ’नेकपाकी सचेतक लुंगेलीले भनिन, ‘धेरैले मिथिला–भोजपुरा, २ जना सांसदले मधेस र २/३ जनाले जानकी र जनकनन्दनीको नाम पनि सुझाए।’ प्रदेशको नाम र राजधानीबारे संसदीय दलको बैठकमा सांसदले दिएको सुझाव नेकपा मुख्यालयमा पठाइने छ।

यसरी प्रमुख प्रतिपक्ष नेकपाको संसदीय दल बैठकमा अधिकांशले नाम मिथिला–भोजपुरा र राजधानी धनुषा हुनुपर्ने सुझाएका छन् भने सत्तारूढ समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पनि प्रदेशको नाम र राजधानीका विषयमा बुधबार नै छलफलमा जुटेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विपक्षी कांग्रेसले प्रदेशको नाम मिथिला वा जानकी र राजधानी जनकपुर हुनुपर्ने बटमलाइन रहेको जनाएको छ। संसदीय दलमा छलफल टुंगिएकाले निष्कर्षसहित बिहीबार प्रदेशसभामा प्रस्ताव दर्ता गराउने मुख्य सचेतक उपेन्द्र कुशवाहले बताए। ‘नामबारे मिश्रित धारणा छ। राजधानी जनकपुर हुनेमा सबै क्लियर छन्,’ उनले भने, ‘प्रदेशको नाममा मिथिला, भोजपुरा, जानकी, मध्य-मधेससम्मको सुझाव आएको छ।’

सत्तारूढ समाजवादी पार्टी मधेस प्रदेश र राजधानी जनकपुरमा राख्नुपर्ने अडानमा छ। पार्टीको संसदीय दलका उप–नेता रामआशिष यादवले प्रदेश २ को नाम र राजधानीबारे बिहीबार संसदीय दलको बैठकमा विचार–विमर्श हुने बताए।

समाजवादी पार्टीले राजधानी जनकपुरमा आफ्नो अडान रहेको दाबी गरेपनि पार्टीभित्र अन्य ठाउँबारे पनि बहस सुरु भएको छ।

सत्तासीन दल समाजवादी र राजपाले प्रदेशको नाम मधेसमा विपक्षी दल सहमत भए राजधानी विपक्षी दलले रोजेको ठाउँलाई नै तोक्ने मुडमा देखिन्छन्। ‘प्रदेशको नामलाई पेचिलो बनाउँदा राजधानी कहाँ राख्ने मुद्दा पनि जोडिएर आएको छ,’ समाजवादी पार्टीका एक सांसदले भने, ‘हामी नाम र राजधानीमा गिभ एन्ड टेकको मुडमा छौं।’

सत्तासीन अर्को दल राजपा भने प्रदेशको नाम मधेस र राजधानी जनकपुर बनाउने प्रयासमा छ। उसले विपक्षी दलको पनि सहयोग लिन चाहेको देखिन्छ। बुधबार अबेरसम्म बसेको राजपाको संसदीय दलको बैठकमा प्रदेशको नाम र राजधानी के–कहाँ राख्ने मुद्दा भन्दा यो मामिलामा आफ्नो एजेन्डामा विपक्षी दललाई कसरी सहमत गराउने रणनीतिमै छलफल केन्द्रित भएको बताइएको छ। 

राजपाका सह–महामन्त्री एवं प्रदेश २ का राज्यमन्त्री सुरेश मण्डलले प्रदेशको नाम मधेस र राजधानी जनकपुरमा राख्नुपर्ने प्रस्तावमा आफ्नो दल अडिग रहेको बताए।

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  ०५:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन प्रधानमन्त्री र पार्टी सभापतिबीच बुधबार भएको छलफलको निष्कर्ष अब बस्ने मन्त्रिपरिषद् बैठकका निर्णयमा देखिनेछ। बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति यसरी पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेन सरकारको ‘प्रेम’लाई आशंकाको दृष्टिले हेर्न थालिएको छ। सरकार विवादित नियुक्तिको पक्षमा अडिन... बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्