काठमाडौं- पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपाल र माल्दिभ्सबीच भएको खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ।
सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा बुधबार बेलुका पाँच बजेबाट सुरु भएको खेलमा नेपालले तीनै सेटमा हार व्यहोरेको हो।
पहिले सेटमा माल्दिभ्सले २२ अंक मात्र पुर्याएको नेपालले दोस्रो सेटमा २१ अंक प्राप्त गरेको थियो। यसैगरी तेस्रो सेटमा भने नेपालले १४ अंक मात्र जोडेर लज्जास्पद हार व्यहोरेको हो।
कीर्गिस्तानसँग हारेको माल्दिभ्सले नेपाल आउनुअघि श्रीलंकासँग तीन मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा तीनै खेलमा माल्दिभ्स पराजित भए पनि त्यो खेलले टिमको अनुभव भने बढेको छ।
यसका साथै माल्दिभ्स टिमले भर्खरै इन्डियन ओसियन आइसल्याण्ड गेम्स खेल्नुका साथै सर्बियामा गएर पनि अभ्यास गरेको थियो।
यस्तै नेपालले प्रतियोगिता सुरु हुनुअघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा दुवै खेल नेपालले जिते पनि त्यही खेलको निरन्तरता कीर्गिस्तानविरुद्धको खेलमा भने हुन सकेको थिएन।
यसअघि नेपाल कीर्गिस्तानसँग २५-२३, २५-२२ र २५-२२ को सोझो सेटमा साथै माल्दिभ्स २५-१५, २६-२४ र २५-१९ को सेटमा पराजित भएको थियो। योसँगै ६ अंक जोडेर सेमिफाइनल पुगेको बलियो टोली कीर्गिस्तानविरुद्ध दुवै टिमको खेल सामान्य मात्रै देखिएकाले नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धात्मक खेल हुने देखिएको छ।
पहिलो खेलमा लगनखेलको कबर्डहलमा खचाखच भरिएका घरेलु दर्शकसामु नेपाली टिमले सुधारिएको खेल देखाउन सकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।