काठमाडौं– तीजको अवसर पारेर गायिका मीना निरौलाको स्वरमा रहेको तीज गीत 'तीज आयो'को भिडियो सार्वजनिक भएको छ । महिला उद्यमी तथा वरिष्ठ ब्युटिसियन फेसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराको शब्द रहेको उक्त गीतमा संगीत गायिका निरौलाले दिएकी हुन्। गीतको संगीत संयोजन निरज श्रेष्ठले गरेका छन्।
फेसियल हाउसको प्रस्तुती रहेको सार्वजनिक तीज गीतको भिडियोमा नायिका नीता ढुंगानाको नृत्य छ । भिडियोमा नायिका ढुंगाना संगै विभिन्न पेशामा आवद्ध महिला उद्यमीहरुलाई फिचर गरिएको छ । उज्ज्वल जंग शाह क्रिएटिभ हेड रहेको भिडियोमा नवराज घिमिरेको छायांकन, शक्ति प्रज्वल घिमिरेको सम्पादन तथा प्रविण थापाको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।
उद्यमसँगै नेपाली मनोरञ्जन क्षेत्रसँग नजिक रहेकी महराले नेपाली संगीतको क्षेत्रमा पहिलो पटक पाइला चालेकी हुन् । संगीतमा आफ्नो रुचि सानैदेखि रहेता पनि गीत लेखन भनेपहिलो रहेको बताइन् । आगामी दिनमा भने क्रियाशिल रहने उनकाे भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।