काठमाडौं- एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल श्रीलंका, बंगलादेश र युएई रहेको समूह ‘बी’ मा परेको छ।
श्रीलंकामा भदौ १९ देखि २८ सम्म आयोजना हुने प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन्।
नेपाल गएको महिना मलेसियामा भएको एसिसी यू-१९ इस्टन रिजनमा हङकङलाई हराउँदै उपाधि जितेर एसिया कपका लागि छनोट भएको थियो।
यू-१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल भदौ २० गते श्रीलंकासँग खेल्नेछ। दोस्रो खेल भदौ २२ गते बंगलादेश र तेस्रो खेलमा भदौ २४ गते यूएईसँग खेल्नेछ।
प्रतियोगितामा राउन्ड रोविन लिगपछि दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। गएको संस्करणमा भारतलाई समेत हराएको नेपाल सेमिफाइनसम्म पुगेकाले पनि योपटकको आश बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।