क्राइस्टचर्च - १९ वर्ष मुनिको आइसिसी विश्पकप क्रिकेटको सेमिफाइनलमा चिरपरिचित प्रतद्वन्दि भारतले पाकिस्तानसामु २ सय ७३ रनको लक्ष पेश गरेको छ। न्युजिल्याण्डको क्राइस्टचर्चस्थित ह्याग्ली ओभल मैदानमा पहिले टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गाुमाउँदै २ सय ७२ रनको गोगफल तयार पारेको हो।
खेलमा निकै राम्रो सुरुवात गरेको भारतका लागि प्रारम्भिक ब्याट्रसम्यानद्वय पृथ्वी शाह र मन्जोट काल्राले पहिलो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए। कप्तान समेत रहेका शाहले ४१ तथा काल्राले ४७ रन बनाएर आउट भए।
तेस्रो नम्बरमा मैदान छिरेका सुब्मन गीलले शतकिय पारी खेल्दै टोलीलाई बलियो योगफलतर्फ केन्द्रित गराए। अन्तिमसम्म मैदानमा डटेका गीलले मात्र ९४ बलमा १ सय २ रन बनाए। जारी प्रतियोगितामा यो नै भारतीय ब्याट्सम्यानले हानेको पहिलो शतक हो। यसका अलावा अनुकुल रोएले ३३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झिनलायक प्रदर्शन गर्न सकेनन्।
उता पाकिस्तानका तर्फबाट मुहम्मद मुसा र अर्साद इकबालले सटिक बलिङ गर्दै भारतको मध्यक्रमलाई ध्वस्त बनाएका थिए। खेलमा मुसाले ४ तथा इकबालले ३ विकेट हात पारे। साहिन शाह अफ्रिदीको नाममा १ विकेट रह्यो।
२ सय ७३ रनको विजयी लक्षका साथ ब्याटिङ गरिरहेको पाकिस्तानले निकै खराब सुरुवात गरेको छ। १० रनको अवस्थामा प्रारम्भिक ब्याट्सम्यान मोहम्मद जाइद अलमलाई गुमाएको पाकिस्तानका तर्फबाट टोलिको स्कोर ४५ रन पुग्दासम्म ७ ब्याट्सम्यान पेबेलियन फर्किसकेका छन्। हालसम्म रोहेल नाजिरले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका छन्। उनी १८ रन बनाएर आउट भए।
पाकिस्तानलाई सुरुवातमै दवावमा राख्दै भारतका दायाँ हाते बलर इशान पोरेलले ४ खेलाडीलाई आउट गरे। यस्तै रियान परागले २ तथा शिव सिंहले १ विकेट चट्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।