• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

गोंगबु बसपार्क प्रकरण-६ : मास्टर प्लानका नाममा बनाइयो अनधिकृत ‘नमुना टोल’ 

हेमन्तराज जाेशी मंगलबार, भदौ ३, २०७६  २०:३०
1140x725

काठमाडौं- काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क छिर्ने बाटोको बायाँपट्टि कान्तिपुर मल छ। दायाँपट्टि साततले नयाँ भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। कान्तिपुर मलबाट पूर्वपट्टि बनाइएका टहरा र भवनहरू छिचोलेर अघि बढ्दै जाँदा म्हैपीतर्फ जाने एउटा कालोपत्रे गरिएको सडक भेटिन्छ। पश्चिममा विष्णुमती नदीदेखि सो पक्की बाटोको सीमानासम्मको पूरै जग्गा गोंगबु बसपार्कको सार्वजनिक जग्गा हो।

काठमाडौं महानगरपालिकाका अनुसार गोंगबु बसपार्क पूर्वमा चक्रपथदेखि म्हैपी जाने पिच बाटोसम्म, पश्चिममा विष्णुमती नदीसम्मको जग्गा नयाँ बसपार्कको स्वामित्वको जग्गा हो। यसैगरी, उत्तरमा चक्रपथ र दक्षिणमा विष्णुमती नदीबाट पूर्वी पिच सडक जोड्ने सडकसँगै जोड्ने कम्पाउन्ड वालको ४ किल्लाभित्र अटाएको छ। 

महानगरपालिकाले किटान गरे अनुसार जग्गा खोज्दै जाने हो भने आधा क्षेत्रफलमा मात्रै अहिले बसपार्क भएको भेटिन्छ। बाँकी ठाउँमा यति धेरै संरचना बनाइएका छन् कि, सामान्य मानिसले बसपार्ककै जग्गा होला भनेर कल्पनासमेत गर्न सक्दैन। बसपार्ककै जग्गामा बसपार्क भेटिँदैन, खुला क्षेत्र पनि छैन। बरु अस्तव्यस्त एउटा ‘नमूना टोल’ भेटिन्छ। 

गोंगबु बसपार्कमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको क्षेत्र बसपार्कको उत्तरपूर्वी र उत्तरी भाग हो। नक्साअनुसार हेर्ने हो भने त्यो ठाउँमा एउटा टोल (बस्ती) नै बसालिएको छ। ‘नमूना टोल’ नाम दिइएको उक्त टोल बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएको हो। त्यहाँ केही संरचना वैध र केही अवैध तरिकाले बनाइएका छन्।

काठमाडौं महानगरपालिका र गोंगबु बसपार्क संचालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीयबीच भएको सम्झौताले त्यस्ता कुनै पनि ‘नमूना टोल'लाई चिन्दैन। अर्थात् यसरी टोलै खडा गर्नु महानगर र ल्होत्सेबीच भएको सम्झौता विपरीत हो। त्यहाँ डेढ दर्जनभन्दा बढी व्यावसायिक भवनहरू बनेका छन्। ती संरचनामा ९ वटा गेस्ट हाउस, २ वटा दोहोरी साँझ र दर्जनौं साना पसल तथा सटरहरू छन्। त्यही ठाउँमा जस्ताले छाएर अनधिकृत रुपमा बनाइएको संरचना पनि थुप्रै छन्।    

बसपार्कको उत्तर पूर्वी भागमा एबिआर कम्प्लेक्स नामको भवन बनेको छ। सोही भवनमा एउटा सहकारी संस्थाको कार्यालय पनि छ। एबिआर कम्प्लेक्स र संगै जोडिएका भवनहरूको महानगरपालिकासँग भएको सम्झौतासँग कुनै तालमेल मिल्दैन। केही अनुमति लिएर र केही अनुमति नलिइकन बनाइएका ती भवनहरूमा संचालन भइरहेका व्यावसायिक क्रियाकलाप पनि महानरपालिका र ल्होत्सेबीच भएको सम्झौताको क्षेत्राधिकारभित्र पर्दैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बसपार्कको उत्तरतर्फको भागमा कान्तिपुर मलभन्दा पूर्वपट्टि म्हैपी जाने पिच सडकसम्म निर्माण गरिएका टहरा पनि अवैधानिक हुन्। कान्तिपुर मलकै छेउमा डिभी मार्केट नाम दिएइको टहरा बजार खोलिएको छ। दुप्चेश्वरी बचत तथा ऋण सहकारी संस्था र तनहुँ पोखरा गेस्ट हाउस भएको भवनको पश्चिम र कान्तिपुर मलको पूर्वपट्टिको ठूलो क्षेत्रफल टहराले ओगटेको छ। दुप्चेश्वरी बचत तथा ऋण सहकारी संस्था रहेको भवनको पूर्वपट्टि ‘शान्ति मिनी मार्केट’ भनेर थप टहरा बनाइएका छन्। टहराको पूर्वपट्टि हल्का निलो रंगको भवन छ। त्यो भवन गोंगबु बसपार्कको उत्तरपूर्वी सिमानाको अन्तिम बिन्दु हो। यी सबै संरचना नयाँ बसपार्ककै जग्गामा बनेका हुन्। 

बसपार्कको पूर्वी भागमा सडकपट्टी फर्काइएर बनाइएका तीन वटा लाम्चो आकारका भवन छन्। 'रो सप ए', 'रो सप बी' र 'रो सप सी' नाम दिइएका यी संरचना बसपार्कको पूर्वी भागमा कम्पाउन्ड वालको काम गर्ने गरी बनाइएका छन्। यद्यपि, सडकतिर सटर राखिएका छन्। दक्षिण पूर्वी भागमा नेपाल टेलिकमको कार्यालय रहेको छ। उक्त कार्यालयले चर्चेको जग्गामा पनि नेपाल सरकार र महानगरबीच स्वामित्व विवाद छ।

Xtrem

Xtrem

बसपार्कभित्र सुरक्षा निकाय बस्ने गरेको भवन २०७२ सालको भूकम्पपछि खण्डहरमा परिणत भएको छ। ग्रान्डी इन्टनेसनल अस्पतालले स्वास्थ्य सेवा दिने भन्दै बनाइएको संरचनाको छेउमा रहेको उक्त भवन चार वर्षदेखि उपयोगविहीन बनेको छ। आधा भत्काइएको यो भवनको उत्तरपट्टि र पूर्वपट्टिका संरचना बसपार्कको जग्गा अतिक्रमण गरी बनाइएका हुन्। 

यसरी अनधिकृत संरचना निर्माण गर्नु महानगर र ल्होत्सेबीच भएको सम्झौता विपरीत हो। ‘बसपार्कभित्रका भौतिक पूर्वाधार खण्डित गर्ने, अवाञ्छित रूपमा परिवर्तन गर्ने तथा त्यसको प्राकृतिक पर्यावरणलाई दखल गर्ने कार्य नगर्ने तथा तत्कालीन श्री ५ को सरकार र जापान सरकारबीच भएको सम्झौतालाई नकारात्मक असर गर्ने गरी काम गर्न पाइने छैन,’ भनी मूल सम्झौतामा उल्लेख छ। 

ल्होत्से बहुउद्देश्यीय प्रालिले काठमाडौं महानगरसँग गरेको सम्झौतामा यात्रुलाई सुविधा दिन विभिन्न संरचना बनाउने भन्ने उल्लेख छ। त्यस्ता संरचना बनाउन काठमाडौं महानगरले पनि स्वीकृति दिएको थियो। तर, ल्होत्सेले २०५६ सालमा भएको सम्झौता अनुसारको अवधारणागत डिजाइन र २०७२ सालमा भएको पूरक सम्झौता अनुसारको दीर्घकालीन रणनीति (मास्टर प्लान) अनुसार संरचना बनाइएको देखिँदैन। केही संरचना सम्झौताअनुसार नै डिजाइन गरिएका भएपनि त्यस्ता संरचनाको प्रयोग भने सम्झौता अनुसार भएको छैन। 

२०७२ साउन २५ गते महानगर र ल्होत्सेबीच पूरक सम्झौता भएसँगै बसपार्कभित्र थप संरचना बनाउने गरी मास्टर प्लान अनुसार जाने विषयमा पनि सम्झौता भएको थियो। मास्टर प्लानले बसपार्कभित्र बाल उद्यान, हरित उद्यान, फास्टफुड, बैंक तथा वित्तीय संस्था, बास बस्ने यात्रुका लागि बसपार्कभित्रै आवासीय भवन निर्माण वृद्धवृद्धाका लागि आराम गर्न मिल्ने खालका आराम कक्षलगायत संरचना मात्र बनाउने उल्लेख गरेको छ। 

मास्टर प्लानअनुसार निःशुल्क हेल्थ चेकअपका लागि क्लिनिक संचालन गर्ने भनिएकोमा ल्होत्सेका अध्यक्ष दीपक कुँवरले नै संचालन गरिरहेको ग्रान्डी इन्टरनेसनल अस्पतालले ‘हेल्थ चेकअप स्टेसन’ खालेको छ। यद्यपि, यहाँ निःशुल्क सेवा भने पाइदैन।

बसपार्कमा राती उत्रेका यात्रुका लागि ल्होत्से आफैंले दुईवटा तीन तले र एउटा चारतले होटल बनाउने भन्दै मास्टर प्लानमा राखेपनि ल्होत्सले त्यस्ता भवन अब नबनाउने भन्दै आएको छ। बालमैत्री, अपांगमैत्री बनाउने भनिएको भएपनि बसपार्कको भिडभाड र कोलाहल भने कम हुन सकेको छैन।

गोंगबु बसपार्क प्रकरण सम्बन्धी यसअघिका समाचार

  • गोंगबु बसपार्क प्रकरण-१ : सुध्रिएन गोंगबु बसपार्क, सम्झौता अनुसार बनेनन् संरचना
  • गोंगबु बसपार्क प्रकरण-२: अख्तियारको निर्देशन र कानुन लत्याउँदै 'पूरक सम्झौता', यसरी भयो दीपक कुँवरको प्रवेश
  • गोंगबु बसपार्क प्रकरण-३: सर्वोच्चले झिकायो गोंगबु बसपार्क सञ्चालन सम्बन्धी सम्झौताका सक्कल फाइल
  • गोंगबु बसपार्क प्रकरण-४ :महानगरलाई बुझाउनुपर्ने रोयल्टीमा ल्होत्सेको गोलमाल
  • गोंगबु बसपार्क प्रकरण-५ : ४५ वर्षपछि पनि ल्होत्सेको मात्रै अधिकार रहनेगरी दुई सम्झौता

थप समाचार

  • गोंगबु बसपार्क प्रकरण : कांग्रेसको ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग
  • यातायात व्यवस्था विभाग : मन्त्री महासेठले १६ महिनामा ३ महानिर्देशक फेर्नुको यस्तो छ अन्तर्य

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्