काठमाडौँ- महानगरीय प्रहरी वृत्त, बौद्धले गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७ सय रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको छ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा खेती गरिएको गाँजा व्यावसायिक रुपमा पनि उपयोग हुन सक्ने देखिएकाले बिहीबार नष्ट गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक अच्युतम पुडासैनीले राससलाई जानकारी दिए।
निकुञ्जसँग जोडिएको सो ठाउँमा करिब २ हजार रोपनी क्षेत्रमा गाँजा खेती गरिएको उनले बताए। बाँकी १ हजार ३ सय रोपनी क्षेत्रफलको गाँजा पनि यसै हप्ता नष्ट गर्ने तयारी भएको वृत्तले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।