काठमाडौं - अस्ट्रेलियाका ब्याट्सम्यान स्टेभेन स्मिथले चोटका कारण इंग्ल्याण्डसँगको तेस्रो टेस्ट क्रिकेट गुमाउने भएका छन्।
दोस्रो टेस्टको चौथो दिन इंग्ल्याण्डका जोर्फा आर्चरको ९२ माइल प्रतिघण्टाको गतिमा आएको बल स्मिथको घाँटीमा लाग्दा उनी घाइते भएका थिए।
अस्ट्रेलियाका प्रशिक्षक जस्टिन ल्यानगरले मंगलबारको अभ्यासमा उपस्थित नभएका स्मिथले तेस्रो टेस्ट गुमाउने बताएका हुन्। तेस्रो टेस्ट आउँदो बिहीबारदेखि सुरु हुँदै छ। उनको स्थानमा मार्नस लाबसचेग्नलाई खेलाउने लगभग पक्का भएको छ।
सिरिजको अहिलेसम्मको तीन इनिङमा स्मिथले १४२, १४४ र ९२ रन बनाएका थिए।
पहिलो टेस्ट अस्टे«लियाले २५१ रनले जितेको थियो। दोस्रो टेस्ट भने बराबरी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।