कञ्चनपुर- कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका महाकाली जनसेवा माविका छात्र तिलक चन्दको हत्याको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
कक्षा ८ मा अध्यनरत १३ वर्षीय विद्यार्थी तिलक चन्दको हत्यामा संलग्न रहेको आरोपमा मृतककै सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले चारैजनालाई हिरासतमा राखी अनुसन्धानको कार्य सुरु गरेको छ।
मृतकको कानमा लगाएको सुनको मुन्द्रा लुट्नका लागि हत्या गरेको पक्राउ परेकाहरुले बयान दिएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीले बताए।
चन्द विद्यालयबाटै भदौ २५ गतेदेखि बेपत्ता रहेका थिए। उनको शव खेतमा घाँस काट्न गएका महिलाले खोला किनारामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।