दिल्ली– नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध भएको आइपिएल टिम दिल्ली डेयरडेभिल्स क्लबले सोमबार बलिङ र फिल्डिङ कोच नियुक्त गरेको छ। बलिङमा जेम्स होप्स र फिल्डिङमा शुभमदीप घोषलाई नियुक्त गरेको छ।
होप्स अष्ट्रेलियाका पूर्व खेलाडी हुन्। अष्ट्रेलियाको यू १९ टिमदेखि नै क्रिकेट खेलेका उनी अलराउन्डर हुन्। त्यस्तै घोष भारतीय क्रिकेटर हुन्।
क्लबको मुख्य प्रशिक्षणमा पूर्व अष्ट्रेलियन कप्तान रिकी पोन्टिङ छन्।
सन्दीप आइतबार ३२ लाख नेपाली रुपैयाँमा दिल्लीमा आवद्ध हुँदै आइपिएलमा आवद्ध हुने पहिलो नेपाली खेलाडी बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।