काठमाडौं- किराती पुर्खाहरु तायामा, खियामा र हेत्छाकुप्पाको मिथकमा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतकार भूपाल राईको शब्द र दिनेश सुब्बाको संगीत रहेको गीतको म्युजिक भिडियो ‘नाना तायामा’ सार्वजनिक भएको हो। गीतमा रुपकुमार राई र राधा राईले स्वर दिएका छन्।
ललितपुरमा आयोजित सार्वजनिक कार्यक्रममा गीतकार राईले अहिले विचारको गीतको अभाव भएका बेला आफूले मिथकमा आधारित विचारको गीत लेखेको बताए। 'गीतको ट्रेन्ड अहिले बजार र विचारमा बाँडिएको छ,' उनले भने, 'मिथकमा गीत लेख्न निकै गाह्रो छ। यो गीतले संकेतमात्रै दिएको हो।'
संगीतकार दिनेश सुब्बाले संगीतका लागि आफूले राई संस्कृति र मिथक अध्ययन गर्नुपरेको खुलाए। 'म लिम्बू भएकाले पनि राईहरुको मिथकमा आधारित गीतमा संगीत गर्न निकै समय अध्ययन गर्नुपर्यो,' उनले भने।
निर्देशक तथा सिनेमाटोग्राफर युवराज राईले करिब ५ हजार वर्षअघिको कथामा रहेर म्युजिक भिडियो तयार गर्न प्राविधिक रुपमा धेरै मेहनत गर्नुपरेको भनाइ राखे।
भिडियोमा सेसुका राई, अस्मिता राई र रामदीप राईले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।