काठमाडौं- सरकारले नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले निरन्तर घाटामा गएको नेसनल ट्रेडिङलाई खारेज गर्ने निर्णय गरेको हो।
त्यस्तै, बैठकले शिवम सिमेन्ट सहित केही जलविद्युत् आयोजनालाई वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।
सरकारले प्रदेशदेखि स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिको वरियता निर्धारण गर्ने समेत निर्णय गरेको रक्षामन्त्री भीमसेनदास प्रधानले जानकारी दिए।
बैठकले अनलाइन सञ्चालन निर्देशिका दोस्रो पटक संशोधन गर्ने र राष्ट्रिय यातायात व्यवसायी महासंघको विधान पाँचौं पटक संशोधन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।