काठमाडौं– सोमबार बिहान बौद्धमा भएको दुर्घटनामा महिलाको मृत्यु भएको छ। ताप्लेजुङग ओलाङचुङगोला घर भई गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती बस्ने ६५ वर्षीया डोमा लामाको बसको ठक्करबाट मृत्यु भएको हो।
विहान ६ बजे बौद्धबाट रत्नपार्कतर्फ आउँदै गरेको बा ३ ख १३०९ नम्बरको सिटी यातायातको बसले लामा लाई ठक्कर दिएको थियो। लामाको न्युरो अस्पताल बासबारीमा उपचार क्रममा आज बिहान ११ बजे मृत्यु भएको बताइएको छ । ठक्कर दिने बस सहित चालकलाई प्रहरी बृत बौद्धले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।