काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष प्रभु साहले पदबाट राजीनामा दिएका छन्।
आफूलाई पार्टी स्थायी कमिटिमा नराखिएको भन्दै उनले राजीनामा बुझाएको बताइएको छ।
साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंगलबार राजीनामा बुझाएको साहका प्रेस सल्लाहकार निभेष कुमारले पुष्टि गरे। ‘हरेक पटक नेतृत्वबाट असहयोग भएपछि उहाँले राजीनामा दिनुभएको हो,’ उनले भने।
साहको राजीनामा स्विकृत भइनसकेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।