कोलम्बो- श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नयाँ सेनापति नियुक्त गरेका छन्।
वरिष्ठ सैनिक अधिकृत शाभेन्द्र सिल्भालाई उनले देशको सैनिक प्रमुखका रुपमा सोमबार नियुक्त गरेका हुन्।
सिल्भाको बढुवाका बारेमा सेनाले वक्तव्यमार्फत् जानकारी गराएको छ। उनी श्रीलङ्काको २३औं सेनाप्रमुख भएका छन्।
सिल्भाभन्दा अगाडि महेश सेनानायके श्रीलङ्काको प्रधानसेनापति थिए। सिल्भा सन् १९८४ मा सैन्य सेवामा प्रवेश गरेका बताइएको छ।
प्रधानसेनापतिमा नियुक्त सिल्भाले नयाँ जिम्मेवारी मङ्गलबारदेखि बहन गर्ने वक्तव्यमा उल्लेख गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।