काठमाडौं– सोमबार बुटवल र तुलसीपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
दाङको तुलसीपुर–६ मा रोकी राखेको बसमा मोटरसाइकल आफै ठोक्किदा एक जना जनाको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार स्थानीय ७१ वर्षीय थमन बहादुर बस्नेतको उपचारका क्रममा मेडिकल कलेज कोहपलुरमा दिउँसो सवा २ बजे मृत्यु भएको हो। बिहान करिब ११ बजे रा १ ख १२२९ नम्बरको रोकी राखेको बसमा रा ३ प ५७०४ नम्बरको मोटरसाइकल आफै ठोक्किदा दुर्घटना भएको थियो। सवारी साधन र दुबै चालकलाई ईलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले नियन्त्रणमा लिएको छ।
उता बुटवल–१३ दोहोरा कलौनिमा आज पिकअप गाडिको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कपिलवस्तु पिपराका ४६ बर्षिय घनश्याम पाठकको मृत्यु भएको हो। दिउँसो सवा २ बजे महेन्द्र राजमार्गमा पश्ञ्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु ३७ प ६१०९ नम्बरको मोटरसाइकल र विपरीति दिशाबाट जाँदै गरेको को १ च ७२८८ नम्बरको पिकअप गाडि ठक्कर खाँदा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि सवार स्थानिय १८ बर्षिय मनिस शुक्लाको लुम्बिनी अस्पतालमा उपचार भइरहेको छ । पिकअफ गाडीका चालकलाई ईलाका प्रहरी कार्यालय बुटबलले नियन्त्रणमा लिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।