काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले नेपालको विगत आर्थिक सामाजिक रुपमा विभेदकारी नीतिबाट चलेकाले सामाजिक आर्थिक व्यवस्था नै विभेदकारी भएको बताएका छन्। राष्ट्रिय युवा संसद्ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद समेत रहेका थापाले यस्तो बताएका हुन्।
'सामाजिक आर्थिक विभेद न हटाएसम्म सामाजिक विकास हुन गाह्रो छ। अबका युवाले विभेद विरुद्ध लड्नुपर्ने समय आएको छ,' थापाले भने। अहिले राजनैतिक व्यवस्थाको परिवर्तनभन्दा यसै व्यवस्थाबाट समुन्नत नेपालको बाटो बनाउन सकिने भन्दै युवालाई समाजको अग्रमोर्चामा आएर विभेद विरुद्ध लड्न आग्रह गरेका थिए।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकि नेतृ तथा सांसद रामकुमारी झाँक्रीले विद्यमान समाज र नेपाली अर्थ व्यवस्थाले सृजना गरेको विभेदको अन्त्य नगरेसम्म समुन्नत नेपालको कल्पना गर्न नसकिने बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।