भक्तपुर– सस्तोमा डलर साटेर नाफा कमाउन खोज्दा एक व्यक्तिको ७ लाख रुपैयाँ गुमेको छ।
सस्तोमा डलर दिने भन्दै मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन अस्पताल पछाडी कपन बस्ने सोलुखुम्बुको चौरीखर्क गाउँपालिका–१ घर भएका २७ वर्षीय लोक्पा शेर्पाको सोमबार ७ लाख रुपैयाँ सोमबार दुई व्यक्तिले ठगी गरी फरार भएका हुुन्।
सस्तोमा डलरसँग साटी दिन्छु भनि सिन्धुपाल्चोकको बाह्रबिसे घर बताउने करीव २८ वर्षीय सुजन खडका सहित २ जनाले ठगी गरी फरार भएका हुन्।
उनीहरुले डलर भनेर डलरकै आकारको कागजको पोका दिएर भागेका हुन् । ७ लाखमा उनीहरुले १० हजार डलर दिने आश्वासन दिएका थिए। सस्तोमा डलर साटेर ३ लाख कमाउन खोज्दा उनको ७ लाख गुमेको हो। यसरी सस्तोमा डलर साट्ने भन्दै ठग्ने गिरोहहरु राजधानीमा लामो समयदेखि सक्रिय रहेको प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।